• आशा खबर
  • हाम्रो बारे
  • सम्पादकीय
  • विज्ञापन
  • सम्पर्क
  • Unicode Converter
Aasha News
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य खबर
    • राजनीति
    • स्वास्थ्य
    • खेल
    • निगरानी
    • न्यायिक
    • प्रवास
    • पर्यटन
    • स्वास्थ्य
    • शिक्षा
    • दुर्घटना
    • अपराध
    • मनोरञ्जन/साहित्य
    • विविध
    • प्रदेश, जिल्ला र पालिका समाचार
    • मुख्य खबर
    • राजनीति
    • रोजगारी
    • आशा भिडियो च्यानल
  • विश्व
  • आर्थिक
  • दृष्टिकोण
  • मनोरञ्जन/साहित्य
  • रोचक
  • English
  • खेल
  • Banner News

You are here:

  • Home
  • मुख्य खबर
  • संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपालमा ; आज उच्चस्तरीय भेटघाट र पाटन दरबार स्क्वायरको अवलोकन

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपालमा ; आज उच्चस्तरीय भेटघाट र पाटन दरबार स्क्वायरको अवलोकन

Prakash Adhikari October 29, 2023

काठमाडौँ, १२ कात्तिक : संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमणका क्रममा आज यहाँ आइपुग्नुभएको छ । उहाँलाई परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा स्वागत गर्नुभयो ।

सो अवसरमा नेपाल सरकारका उच्च अधिकारी, नेपालस्थित संयुक्त राष्ट्रसङ्घको कार्यालयका प्रतिनिधिलगायत उपस्थित हुनुहुन्थ्यो । महासचिव गुटेरेसको स्वागतमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो ।

महासचिव गुटेरेसले भ्रमणको पहिलो दिन आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रपति कार्यालय र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग उहाँको कार्यालयमा शिष्टाचार भेट गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

महासचिव गुटेरेसले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग सङ्घीय संसद् भवन नयाँबानेश्वरमा बेग्ला–बेग्लै शिष्टाचार भेट गर्नुहुनेछ ।

उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ तथा परराष्ट्रमन्त्री साउदसँग समेत महासचिव गुटेरेसको छुट्टाछुट्टै भेटवार्ता हुनेछ । भेटवार्तापछि उहाँले ऐतिहासिक एवं पुरातात्विक महत्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको पनि अवलोकन गर्नुहुनेछ ।

प्रधानमन्त्री दाहालले महासचिव गुटेरेसको सम्मानमा आइतबार साँझ सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोजको आयोजना गर्नुहुनेछ । भ्रमणका क्रममा सोमबार उहाँ नाम्चे, पोखरा, अन्नपूर्ण आधार शिविर र लुम्बिनी जानुहुनेछ । आगामी मङ्गलबार अपराह्न ४ः०० बजे उहाँले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ ।

सन् २०१७ मा संयुक्त राष्ट्रसङ्घको महासचिव भएपछि पहिलोपटक नेपालको भ्रमण गर्न लाग्नुभएका गुटेरेसले यहाँको शान्ति प्रक्रिया, दिगो विकास, जलवायु परिवर्तनलगायत विषयमा छलफल गर्नुहुने मन्त्रालयले जनाएको छ । राष्ट्रसङ्घका महासचिवको करिब १५ वर्षपछि नेपालमा हुन लागेको यस भ्रमणलाई कूटनीतिक क्षेत्रमा महत्वका साथ हेरिएको छ । प्रधानमन्त्री दाहालको निमन्त्रणामा महासचिव गुटेरेस औपचारिक भ्रमणका क्रममा नेपाल आउनुभएको हो ।–––

Share Now

Post navigation

नेशनल लाईफ इन्स्योरेन्सद्धारा बझाड.को बालविकास माध्यमिक विद्यालयको पुस्तकालय पुनर्निर्माणमा आर्थिक सहयोग
सराय नाचको संरक्षणमा जुटे गुल्मेली युवा ; विजयादशमीदेखि कोजाग्रत पूर्णिमाको दिनसम्म नाच्ने प्रचलन

Leave a comment.

You must be logged in to post a comment.

ताजा समाचार

  • राष्ट्रपति रामचन्द्र पौडेलद्धारा थप तीन वटा अध्यादेश जारी
  • टिपटप हेल्प नेपाललाई पराजित गर्दै रुकुमपश्चिम बन्यो १०औँ पीएम कप भलिबल च्याम्पियन
  • न्यु डायमण्डलाई पराजित गर्दै नेपाल पुलिस बन्यो प्रधानमन्त्री कपको महिला च्याम्पियन
  • घरधनीले लालपुर्जा देखाएपछि बसपार्क नजिक विष्णुमती किनारमा रोकियो डोजर परिचालन
  • अमेरिकाका विशेष दूत सर्जियो गोरद्धारा परराष्ट्रमन्त्री खनाल र अर्थमन्त्री वाग्लेसंग भेट, नेपाललाई अत्याधुनिक ड्रोन उपहार प्रदान

दृष्‍टिकोण

  • पुराना दलले पनि आत्तिनु पर्दैन, नयाँले मात्तिनु पर्दैनः प्रधानमन्त्री कार्की
  • बालेन क्रेज, भदौरे विद्रोह र सुशासन मुद्दा रास्वपाप्रति मतदाता आकर्षणको कारण
  • निर्वाचन प्रणाली सुधारका लागि बहसको थालनी : भोजराज पोखरेल, पूर्वप्रमुख निर्वाचन आयुक्त
  • मतदाता शिक्षालाई कसरी प्रभावकारी बनाउने ?
  • निर्वाचनले परिर्वतनको अपेक्षा पूरा गर्नेछ : पूर्वप्रमुख निर्वाचन आयुक्त डा यादव

रोजगारी

  • श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय
  • वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा एशोसियसनको आपत्ति
  • मलेसियाको रोजगारी फेरी धरापमा, प्रस्तावित वैदेशिक रोजगारी मापदण्ड स्वीकार गर्न नसकिने सरकारको जवाफ
  • जेन जी आन्दोलनको उग्रता, विध्वंश र भगाइएका कैदीबन्दीको कारण नेपाली कामदारलाई भिसामा कडाइ गर्ने चिन्ता
  • सुदूरपश्चिममा दसैँको मुखमा काम खोज्दै भारत जानेहरूको लर्को ; अभिभावकसँगै बालबालिका पनि भारततर्फ
  • न्यूनतम पारिश्रमिक निर्धारण समितिको म्याद सकिंदै ; कति होला त श्रमिकहरुको न्यूनतम् मासिक पारिश्रमिक

Follow Us पेज लाइक गर्नुहोस

Tweets by AashaNews

विविध

आजको मौसम पूर्वानुमान : तराईसहित पाँच प्रदेशमा हावाहुरी, पहाडी भू-भागमा हिमपात र मध्यम वर्षा

काठमाडौँ, २१ चैत : हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । बागमती, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशलगायत देशको हिमाली भू–भागमा साधारणतया बादल लागेको छ […]

Prakash Adhikari April 4, 2026

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

Prakash Adhikari April 3, 2026

कालीमाटी आज प्रतिकिलो नरिबल बन्दा रु २५, तराई काउली रु ५० ; हरियो डल्लो फर्सी रु २०; रुखकटहर रु १०० र काँक्रो हाइब्रिड रु २०

Prakash Adhikari March 30, 2026

आजको मौसम : कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

Prakash Adhikari March 29, 2026

English

Kanchha Sherpa, a member of first successful Everest expedition, passes away

Kathmandu, Oct 16: Kanchha Sherpa, a member of the first successful Mt Everest climbing team, has passed away at the age of 92. Edmund Hillary and Tenzing Norgay Sherpa reached […]

Prakash Adhikari October 16, 2025

‘diamond jubilee of Mt Annapurna first ascent: Marathon to be organized at Annapurna base camp

Prakash Adhikari May 26, 2025

Adventure half marathon to be held in Kanchenjunga base camp

Prakash Adhikari February 17, 2025

The Soaltee Hotels & Resorts Expands Its International Presence in Frankfurt, Germany

Prakash Adhikari January 9, 2025

Mount Everest (Qomolangma) scenic area closed from Chinese Side after 6.8-magnitude quake hit Xizang

Prakash Adhikari January 7, 2025

Former President of United States Jimmy Carter dies at 100

Prakash Adhikari December 30, 2024

Follow Us पेज लाइक गर्नुहोस

Aasha News

आम नागरिकलाई सुसूचित गर्ने उद्देश्यले
आशा मिडिया प्रा. लि. को स्थापना भएको हो ।

हाम्रो-टिम

  • संस्थापक अध्यक्ष : विश्वनाथ दाहाल
  • प्रधान सम्पादक : प्रकाश अधिकारी
  • कानुनी सल्लाहकार : विद्याकान्त अधिकारी

सम्पर्क ठेगाना

  • आशा मिडिया प्रा. लि. का लागि अध्यक्ष प्रकाश अधिकारी द्वारा प्रकाशित
  • +९७७ (०१) ४४२८१२८, ९८५११११२५३
  • info@aashanews.com
  • कामनपा – २६, सामाखुशी काठमाडौं ।

© २०१७, आशा मिडिया प्रा. लि. मा सुरक्षित. Regd No:712 -2074/75
Developed By : Potent Media