Prakash Adhikari October 28, 2023

 

काठमाडौं, ११ कार्तिक । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत असोज १६ गते आएको भुकम्पबाट क्षतिग्रस्त बझाङको जयपृथ्वी नगरपालिका ४ स्थित श्री बालविकास माध्यामिक विद्यालयको पुस्तकालय पुनर्निर्माणका लागि आर्थिक सहयोग प्रदान गरेको छ ।

बालविकास माध्यामिक विद्यालयको प्राङ्गाणमा सम्पन्न एक कार्यक्रममा कम्पनीका प्रमुखकार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले सो विद्यालयका प्रधानाध्यापकलाई आर्थिक सहयोग हस्तान्तरण गर्नुभएको थियो ।

सहयोग हस्तान्तरण गर्दै प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले कम्पनीको सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयलाई सहयोग गर्न पाउँदा आफूलाई खुशी लागेको बताउनु हुँदै उक्त सहयोगबाट पुस्तकालय पुनर्निर्माणमा विद्यालयलाई केही हदसम्म भएपनि राहत मिल्ने धारण व्यक्त गर्नुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गगनबहादुर खातीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा, विद्यालयका प्रधानाधयापक केशरबहादुर खातीले शिक्षाका लागि कम्पनीले यस विद्यालयमा गरेको आर्थिक सहयोगबाट पुस्तकालाय पुनर्निर्माण गरिने जानकारी दिनु हुँदै आर्थिक सहयोग प्रदान गरेकोमा कम्पनीलाई र आफ्नो विद्यालयसम्म आई सहयोग हस्तान्तरण गर्नुहुने प्रमुखकार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीलाई विद्यालयको तर्फबाट धन्यवाद ज्ञापन गर्नु भर्एको थियो ।

 

Share Now

Leave a comment.