Prakash Adhikari November 3, 2023

मूलपानी(काठमाडौं), १७ कार्तिक । आईसीसी टी २० विश्वकप एशिया छनोट फाइनल खेल अन्तरगत आज मूलपानी क्रिकेट मैदानमा भैरहेको सेमिफाइनल खेलमा नेपाललाई सुरुआती २ सफलता मिलेकोे छ ।

टस हारेर फिल्डिड.को निम्तो पाएको नेपालका बलर सोमपाल कामीले चौथो ओभरमा दुई विकेट लिएका छन् ।

उनले चौथो ओभरको चौथो बलमा यूएईका ओपनर मोहम्मद वासिमको विकेट लिएका थिए ।

सोमपालले फालेको बलमा रन लिने प्रयास गर्दा अर्का ओपनर खालिद साह चौथो ओभरको पहिलो बलमा रन आउट भएका थिए ।

दुवै ओपनर आउट भएपछि अहिले युएईका आशिफ खान र भृत्य अरबिन्द क्रिजमा रहेका छन् । युएईले आठौं ओभरको अन्त्यमा दुई विकेटको क्षतिमा ५० रन जोडेको छ ।

Share Now

Leave a comment.