नेपाललाई सन्दीपले दिलाए छैठो र कप्तान पौडेलले दिलाए पाँचौ सफलता ; खेल १८ ओ ओभरको अन्त्यमा ११८ । ६ मा
मूलपानी(काठमाडौं), १७ कार्तिक । आईसीसी टी २० विश्वकप एशिया छनोट फाइनल खेल अन्तरगत आज मूलपानी क्रिकेट मैदानमा भैरहेको सेमिफाइनल खेलमा नेपाललाई छैठौं सफलता मिलेकोे छ ।
टस हारेर फिल्डिड.को निम्तो पाएको नेपालका लेग स्पिनर सन्दीप लामिछानेले छैठौं सफलता दिलाए भने कप्तान रोहित पौडेलले पाँचौ सफलता दिलाए ।
सन्दीप लामिछानेले १८ औं ओभरको पहिलो बलमा युएईका बसिल हमिदको विकेट लिएका हुन् । त्यस्तै क्याप्टेन रोहित पौडेलले १६ औ ओभरको पाँचौ बलमा युएईका अलि नासिरको विकेट लिएका हुन् ।
यस अगाडि अलराउण्डर कुशल मल्लले १४ औं ओभरको चौथो बलमा युएईका अलिफन सरफूलाई प्याभिलियनको बाटो देखाएका थिए ।
नेपाललाई सन्दीप लामिछानले तेस्रो सफलता दिलाएका थिए । त्यसपहिले सोमपाल कामीले चौथो ओभरमा दुई विकेट झारेर नेपाललाई सुरुआती सफलता दिलाएका थिए ।
उनले चौथो ओभरको चौथो बलमा यूएईका ओपनर मोहम्मद वासिमको विकेट लिएका थिए ।
सोमपालले फालेको बलमा रन लिने प्रयास गर्दा अर्का ओपनर खालिद साह चौथो ओभरको पहिलो बलमा रन आउट भएका थिए ।
अहिले युएईका अलिफन सफरु र भृत्य अरबिन्द क्रिजमा रहेका छन् । युएईले १५ औं ओभरको अन्त्यमा ४ विकेटको क्षतिमा ९४ रन जोडेको छ ।


















