Prakash Adhikari November 3, 2023

मूलपानी(काठमाडौं), १७ कार्तिक । नेपालका अलराउण्डर कुशल मल्ल बलिड.मा चम्किदा युएई १ सय ३४ रनमा रोकिएको छ ।

आईसीसी टी २० विश्वकप एशिया छनोट फाइनल खेल अन्तरगत आज मूलपानी क्रिकेट मैदानमा भैरहेको सेमिफाइनल खेलमा युएईले टस जिटेर ब्याटिड. रोजेको थियो । युएईले २० ओभरको निर्धारित खेलमा १ सय ३४ रनमात्र बनाउन सक्यो ।उसको लागि भृत्य अरबिन्दले ६४, मोहम्मद वासिमले २६, सरफूले १६,आशिफ खानले १३, अलि नासिरले ४,खालिद साह र जुनैद सिद्धकीले ३।३,आयन अफजल खान र बसिद हमिदले १ । १ रन बनाएका थिए ।

नेपालका कुशल मल्लले अन्तिम ओभरका युएईको तीन विकेट लिएर युएई लाई १ सय ३४ रनमा सीमित बनाउन महत्वपूर्ण भूमिका खेले ।

उनले अन्तिम ओभरमा युएईका ब्याट्सम्यान भृत्य अरबिन्दलाई गुलशन झाबाट क्याच आउट गराए । त्यस लगत्तै आयन अफजल खानलाई ७ बलमा १ रन बनाएको अवस्थामा कुशल भूर्तेलबाट क्याच आउट गराए । ओभरको अन्तिम बलमा जुनैद सिद्धकीलाई रन आउट गराए । उनले यसपहिले एक विकेट लिइसकेका थिए ।

आजको खेलमा टस हारेर फिल्डिड.को निम्तो पाएको नेपालका लेग स्पिनर सन्दीप लामिछानेले छैठौं सफलता दिलाएका थिए भने कप्तान रोहित पौडेलले पाँचौ सफलता दिलाए ।

सन्दीप लामिछानेले १८ औं ओभरको पहिलो बलमा युएईका बसिल हमिदको विकेट लिएका हुन् । त्यस्तै क्याप्टेन रोहित पौडेलले १६ औ ओभरको पाँचौ बलमा युएईका अलि नासिरको विकेट लिएका हुन् ।

यस अगाडि अलराउण्डर कुशल मल्लले १४ औं ओभरको चौथो बलमा युएईका अलिफन सरफूलाई प्याभिलियनको बाटो देखाएका थिए ।

नेपाललाई सन्दीप लामिछानले तेस्रो सफलता दिलाएका थिए । त्यसपहिले सोमपाल कामीले चौथो ओभरमा दुई विकेट झारेर नेपाललाई सुरुआती सफलता दिलाएका थिए ।

उनले चौथो ओभरको चौथो बलमा यूएईका ओपनर मोहम्मद वासिमको विकेट लिएका थिए ।

सोमपालले फालेको बलमा रन लिने प्रयास गर्दा अर्का ओपनर खालिद साह चौथो ओभरको पहिलो बलमा रन आउट भएका थिए ।

 

Share Now

Leave a comment.