दुबाई(संयुक्त अरब इमिरेट्स), २४ मंसिर । दुबाईमा भैरहेको एशियाली राष्ट्रका १९ बर्षमुनिका पुरुष क्रिकेट टिमको यु १९ एशिया कपमा अफगानिस्तानले नेपालसामु १ सय ६२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
संयुक्त अरब इमिरेट्सको दुबाईस्थित आइसिसी एकेडेमी ओभल–२ मैदानमा नेपाली टोलीका कप्तान देव खनालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएपछि ब्याटिड.मा उत्रिएको अफगानिस्तानले ५० ओभरको निर्धारित खेलमा ४९.३ ओभरमा २ सय ६१ रनमा अल आउट भयो ।
खेलमा अफगानिस्तानका लागि जम्सिद जर्दानले १०६ रन, नुमन साहले ६० रन, रहिमुल्लाह जुर्मातीले ३५ रन,वहिफुल्लाह ताराखिलले १५ रन, खालिद तानिवालले १० रन, खालेल अहमदले १३, मोहम्मद युनसले २, कप्तान नसिर खान मरुफिखिलले ४ को योगदान दिएका थिए ।
अफगानिस्तानलाई रोक्ने क्रममा नेपालका सुवास भण्डारी,हेमन्त धामी र गुल्शन झाले दुई दुई, तथा आकाश चन्द र दिपेन कँडेलले एक एक विकेट लिए ।
अहिले नेपालको ब्याटिड. चलिरहेको छ । नेपालले पहिलो ओभरमा नै विपिन रावललाई गुमाएको छ ।


















