काठमाडौं, १ माघ। नेपालका लागि मोटुल लुब्रिकेन्टको आधिकारिक वितरक आईएमई इलेक्ट्रिकले डिलरहरुको भेला सम्पन्न गरेको छ।
आईएमई इलेक्ट्रिकले मोटुल लुब्रिकेण्टस्को आधिकारिक वितरक नियुक्त भएको डेढ महिनापछि काठमाडौंमा डिलर्स मिट गरेको हो।
आईएमई इलेक्ट्रिक आईएमई ग्रुपअन्तर्गतको इलेक्ट्रिक र इलेक्टोनिक सामानहरको आयात र वितरण हेर्ने कम्पनी हो । डिलर मिटमा उपत्यकाका अधिकांश डिलरहरु सहभागी थिए।
कार्यक्रममा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले विश्वकै प्रतिष्ठित लुब्रिकेन्टसँग जोडिएर आईएमई ग्रुप नयाँ बाटोमा प्रवेश गरेको बताउनुभयो।
डिलर भेलामा मोटुल इन्डिया प्रालिका सीईओ नागेन्द्र पाईले नेपालकै ठूलो र प्रतिष्ठित ग्रुपसँग जोडिएर रणनीतिक सहकार्य गर्न पाएकामा खुसी व्यक्त गर्दै आफ्ना उत्पादनहरु नेपालमा लोकप्रिय हुने विश्वास व्यक्त गर्नुभयो।
आईएमई अटोमोबाइल डिभिजनका कार्यकारी निर्देशक निशान ढकालले डिलरहरुसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा नयाँ उत्पादन र स्किम सार्वजनिक गरिएको थियो। मोटुलका डिलरहरुहरुले ठूलो मात्रामा अर्डर गरेका छन्।
भारतमा उत्पादन हुने फ्रेन्च लुब्रिकेन्ट ब्रान्ड मोटुल विश्वका १ सय ७५ भन्दा बढी देशमा बिक्री–वितरण हुँदै आएको छ।
मोटुल लुब्रिकेन्ट्स टु–ह्विलर, फो–ह्विलर, ट्रक, बस, ट्रयाक्टरदेखि हेभी ड्युटी कमर्सियल भेइकलसम्ममा प्रयोग गर्न मिल्ने विभिन्न रेन्जका प्रिमियम ब्राण्डमा उपलब्ध छ । सबै रेन्जका उत्पादन नेपाली बजारमा उपलब्ध हुने आईएमई इलेक्ट्रिकले बताएको छ।


















