काठमाडौं, २ माघ। आजदेखि एनआईएमबी एस क्यापिटल लिमिटेडको स्टेबल फण्डको शेयर सार्वजनिक निष्काशन भएको छ ।
क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको छ । निष्कासन गरिने कुल इकाईमध्ये एक प्रतिशत अर्थात १० लाख इकाई योजना व्यवस्थापक एनआईएमबि एस क्यापिटललाई छुट्याइएको छ भने १४ प्रतिशत अर्थात १ करोड ४० लाख इकाई कोष प्रवर्धक नेपाल इन्भेष्टमेण्ट मेगा बैंकलाई सुरक्षित गरिएको छ ।
क्यापिटलले बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्दै छ । आजदेखि आवेदन खोलिएको उक्त फण्डमा न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ ।
एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो फण्डको इकाईका लागि माघ ५ गतेसम्म आवेदन दिन सकिनेछ ।
उक्त समयमा सम्पर्ण इकाईका लागि आवेदन नपरेको खण्डमा माघ १६ गतेसम्म आवेदन म्याद थप गर्न सकिनेछ ।
बिक्री खुला भएको निवेदन दिने अवधि तथा बोर्डबाट थप भएको अवधिभित्र कम्तीमा ५० प्रतिशत अर्थात ५ करोड इकाई खरीद गर्न निवेदन प्राप्त भएमा इकाईको बाँडफाँट हुनेछ ।
फण्डको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ । १२ वर्ष अवधिको उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन ।
यो एक बन्दमुखी योजना हो ।


















