काठमाडौं। ३ माघ । यति ब्रुअरी लिमिटेडले कम्पनीको शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने भएको छ । बुक बिल्डिड. विधिबाट आईपीओ निष्काशन गर्नका लागि कम्पनीले एनआइएमबी एस क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
दुई कम्पनी बीचमा शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्तिसम्बन्धी सम्झौतापत्रमा हालै हस्ताक्षर भएको छ । संझौतापत्रमा यति ब्रुअरीका प्रबन्ध सञ्चालक संजीव सर्राफ र क्यापिटलका महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गर्नुभएको छ।
सम्झौता अन्तर्गत एनआइएमबी एस क्यापिटल लिमिटेडलेयति ब्रुअरी लिमिटेडको साधारण शेयरहरु बुक बिल्डिङ्ग विधि मार्फत सार्वजनिक निष्काशन तथा व्यवस्थापनका सम्पूर्ण कार्यहरु गर्ने छ ।
यति ब्रुअरी नेपालको लिक्वर बजारमा आक्रामक रुपमा आएको कम्पनी हो । यसको उद्योग चितवनको खैरहनी नगरपालिका–४ मा रहेको छ । यति ब्रुअरीले अर्ना, यति, वाईबी, शिखर किंगफिसर लगाइतका चर्चित ब्राण्डका बियर उत्पादन गर्दै आएको छ ।


















