Prakash Adhikari May 5, 2018

 

सानेपा(ललितपुर), २२ बैशाख । अखिल नेपाल फुटबल संघ (एन्फा) को १६ औं साधारण सभा आज(शनिबार) सानेपा ललितपुरमा भैरहेको छ।

साधरण सभाको समुद्घाटन शत्र सकिएर बन्द शत्र चलिरहेको छ ।

आज नै संघको नयाँ नेतृत्वको निर्वाचन हुँदैछ ।

नेपालको फूटबल क्षेत्रको विकासको नीति,रणनीति योजना र कार्यक्रम तयार पर्ने सर्वोच्च निकाय मानिएको यो संस्थाको नेतृत्व लिन पूर्व उपाध्यक्ष कर्मा छिरिड. शेर्पा र वर्तमान उपाध्यक्ष मणि कुँबरबीच अध्यक्षको लागि प्रतिस्पर्धा भैरहेको छ ।

कर्मा नेपाली फुटबलको विकास लोकतान्त्रिक पद्धति मार्फत निर्वाचित भएर आउने नेतृत्वबाट गरिनु पर्दछ भन्ने मूल्य र मान्यता बोकेका खेलाडी एवम् खेलप्रेमी नेता हुन भने कुँबर दाउपेच लगाएर पदमा टिकिरहन रुचाउने खेलप्रेमी हुन् । कर्माले आफ्नो जीवनको लामो समय एन्फालाई यसका पूर्व अध्यक्ष गणेश थापाको अपारदर्शी नेतृत्वलाई पारदर्शी र लोकतान्त्रिक पद्धतिमा ल्याउन खर्चेका छन् ।

अघिल्लो पटक समेत एन्फाको अध्यक्षको प्रत्यासी बनेका शेर्पा निर्वाचनमा पराजित भएपछि खेलाडीको भावना र लोकतान्त्रिक पद्धतिको अनुशरण गर्दै निर्वाचित नेतृत्वलाई आवश्यक परको बेलामा सघाउदै खेलमै समर्पित हुँदै आएका हुन् ।

निवर्तमान हुन लागेको बर्तमान कार्यसमितिको कार्यकाल सकिएपछि लोकतान्त्रिक पद्धति अनुरुप निर्वाचन गर्न अग्रसर शेर्पालाई पदमा टिकिरहने कुँबरको समूहले जिल्ला जिल्लामा कोठे क्लब गठन गरी विवादित बनाएर सोको आधारमा अदालतमा मुद्दा दायर गरी रोक्ने प्रयास गरेको थियो ।

ललितपुर जिल्ला अदातलमा हालेको मुद्दामा अन्तरिम आदेश भै रोकिएको निर्वाचन पुनरावेदनको फैसलाले खोले पछि पनि कुँबर समूहले काठमाडौं जिल्लामा मुद्दा हालेर रोक्ने असफल प्रयास गरको थियो । तर अदालतले साधारण सभा र निर्वाचन गर्ने मार्ग प्रशस्त गरेपछि आज साधारण सभा र निर्वाचन हुने बाटो खुलेको हो ।

वचन र ब्यवहारमा इमान्दार, खेलाडीको जस्तै अनुशासित जीवन शैली जस्तो सुकै कठिन र प्रतिकूल अवस्थामा पनि धैर्य नगुमाउने लोकतान्त्रिक विधि र परम्परामा अविचलित आस्था भएका शेर्पा यसपटक विजयी बन्नेमा फूटबल प्रेमीहरु धेरै आशावादी छन् ।

नयाँ नेतृत्व चयनका लागि मात्र हैन, एन्फालाई पारदर्शी, सदस्यहरुप्रति जिम्मेवार र उत्तरदायी बनाउन समेत महत्वपूर्ण भूमिका खेलेका शेर्पा विजयी बनेपछि नेपालको फूटबल जगतको स्वस्थ विकास हुने अपेक्षा गरिएको छ ।

Share Now

Leave a comment.