Prakash Adhikari January 21, 2024

(बफेलो पार्क,इष्ट लन्डन), दक्षिण अफ्रिका, ७ माघ । समूहमा तुलनात्मक रुपमा कमजोर ठानिएको न्युजिल्याण्डविरुद्ध सहज जित निकाल्ने अनुमान गरिएको आजको खेलमा नेपाली यू १९ टोली भयानक दवावमा परेको छ ।

न्युजिल्याण्ड विरुद्ध ४० ओभरपछि पाँच विकेट झारेका नेपाली खेलाडीहरु सुरुदेखि नै दवावमा परेका थिए ।

न्युजिल्यान्डले दिएको ३ सय ३ रनको विशाल लक्ष्य पछ्याएको नेपालले ४३ ओभरमा १ सय ९९ रन जोडेको छ । ।

अहिले क्रिजमा आकाश चन्द र सुवास भण्डारी खेलिरहेका छन्।

नेपालले धेरै भर गरेका अर्जुन कुमाल ९० रन पुर्याउदा क्याच आउट भए । आजको खेलमा नेपालका ब्याटरहरु टिक्न धेरै कठिनाई भयो । कप्तान देव खनाल ३६ रनमा क्याच आउट भए। ३४ बलमा ५ चौका र १ छक्का प्रहर गरेका देव क्याच आउट हुन पुगे।

नेपाललाई आज सुरुमा नै झट्का लाग्यो । ओपनर दिपक बोहोरा शुन्य र आकाश त्रिपाटी २ रनमा क्याच आउट भए।

सुरुआतमा नै २ विकेट गुमाएका नेपालका लागि तेस्रो विकेटका लागि कप्तान देव र ओपनर अर्जुन कुमालले ५९ रनको साझेदारी गरेका थिए।

विकेट किपर उत्तम मगर शुन्य रनमा आउट भए। अनुभवी अलराउण्डर गुल्सन झा २ रनमा क्याच आउट भएका थिए।

अब नेपाललाई खेल जित्न ४२ बलमा १ सय ४ रन जोड्नु पर्दछ । अनुभवी खेलाडीका लागि  कुनै ठूलो लक्ष्य होइन । तर ८ विकेट गिरिसकेकोले नेपाली ब्याटरहरुले बडौ धैर्य र सुझबुझसाथ खेल्नु पर्ने हुन्छ ।

नेपाललाई दबाबमा राख्ने क्रममा न्युजिल्याण्डका माट रोवेले ३ , इवाल्ड श्रेवुडरले २ तथा मासोन क्लार्क, ओस्कार ज्याक्सन, ज्याक कुमिन्सले समान एक एक विकेट लिएका छन्।

त्यसअघि इष्ट लन्डनको बफेलो पार्कमा न्युजिल्यान्डले टस जितेर ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय २ रनको योगफल तयार पारेको थियो।

Share Now