न्युजिल्याण्डविरुद्ध नेपाल ठूलो दबाबमा ! गुम्यो आठौं विकेट !! निकै धैर्यता र सावधानीसाथ खेल्न आवश्यक
(बफेलो पार्क,इष्ट लन्डन), दक्षिण अफ्रिका, ७ माघ । समूहमा तुलनात्मक रुपमा कमजोर ठानिएको न्युजिल्याण्डविरुद्ध सहज जित निकाल्ने अनुमान गरिएको आजको खेलमा नेपाली यू १९ टोली भयानक दवावमा परेको छ ।
न्युजिल्याण्ड विरुद्ध ४० ओभरपछि पाँच विकेट झारेका नेपाली खेलाडीहरु सुरुदेखि नै दवावमा परेका थिए ।
न्युजिल्यान्डले दिएको ३ सय ३ रनको विशाल लक्ष्य पछ्याएको नेपालले ४३ ओभरमा १ सय ९९ रन जोडेको छ । ।
अहिले क्रिजमा आकाश चन्द र सुवास भण्डारी खेलिरहेका छन्।
नेपालले धेरै भर गरेका अर्जुन कुमाल ९० रन पुर्याउदा क्याच आउट भए । आजको खेलमा नेपालका ब्याटरहरु टिक्न धेरै कठिनाई भयो । कप्तान देव खनाल ३६ रनमा क्याच आउट भए। ३४ बलमा ५ चौका र १ छक्का प्रहर गरेका देव क्याच आउट हुन पुगे।
नेपाललाई आज सुरुमा नै झट्का लाग्यो । ओपनर दिपक बोहोरा शुन्य र आकाश त्रिपाटी २ रनमा क्याच आउट भए।
सुरुआतमा नै २ विकेट गुमाएका नेपालका लागि तेस्रो विकेटका लागि कप्तान देव र ओपनर अर्जुन कुमालले ५९ रनको साझेदारी गरेका थिए।
विकेट किपर उत्तम मगर शुन्य रनमा आउट भए। अनुभवी अलराउण्डर गुल्सन झा २ रनमा क्याच आउट भएका थिए।
अब नेपाललाई खेल जित्न ४२ बलमा १ सय ४ रन जोड्नु पर्दछ । अनुभवी खेलाडीका लागि कुनै ठूलो लक्ष्य होइन । तर ८ विकेट गिरिसकेकोले नेपाली ब्याटरहरुले बडौ धैर्य र सुझबुझसाथ खेल्नु पर्ने हुन्छ ।
नेपाललाई दबाबमा राख्ने क्रममा न्युजिल्याण्डका माट रोवेले ३ , इवाल्ड श्रेवुडरले २ तथा मासोन क्लार्क, ओस्कार ज्याक्सन, ज्याक कुमिन्सले समान एक एक विकेट लिएका छन्।
त्यसअघि इष्ट लन्डनको बफेलो पार्कमा न्युजिल्यान्डले टस जितेर ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय २ रनको योगफल तयार पारेको थियो।


















