काठमाडौं, १४ माघ। नेशनल लाईफ इन्स्योरेन्सले भैरहवास्थित होटल टाईगर प्यालेसमा एमडिआरटी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ ।
तोकिएको बीमाशुल्क संकलन गरी नेपालभरबाट योग्य भएका ४ जना सीओटी र ८३ जना एमडीआरटी अभिकर्ताहरु, विभागीय प्रमुख, प्रदेश प्रमुख एवं शाखा प्रमुखहरुको सहभागितामा कम्पनीले तालिम तथा सम्मान कार्यक्रम सम्पन्न गरेको हो ।
समारोहमा प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले अभिकर्ताहरुको प्रतिष्ठित संस्था एमडीआरटी योग्य अभिकर्ताहरुको वृत्ति विकासको लागि महत्वपूर्ण रहने विश्वास ब्यक्त गर्नुभयो ।
उहाँले कम्पनीले अभिकर्ता सञ्जाललाई प्रविधिमैत्री र व्यवसायिक बनाउन निरन्तर लगानी गर्ने जानकारी गराउनुभयो ।
कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले पानसमा दीप प्रज्वलन गरी शुभारम्भ गरिएको सम्मान कार्यक्रममा विजेता अभिकर्ताहरुलाई खादा माला र सम्मानपत्रबाट सम्मानित गरिएको थियो ।
समारोहमा चर्चित कलाकार मनोज गजुरेलको मनोरन्जनात्मक एवं ब्यक्तित्व विकास सम्बन्धमा प्रस्तुति रहेको थियो ।


















