काठमाडौं, २६ बैशाख । नेपाल धितोपत्र बोर्डको आयोजनामा आजदेखि राजधानीमा दुई दिवसीय पूँजी बजार विशेष प्रर्दशनी हुनेभएको छ ।
प्रदर्शनीको विशेष समारोहका बीचमा अर्थमन्त्री डा. युवराज खतिवडाबाट उद्घाटन हुुने भएको छ ।
बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले बिहान १० बजे उद्घाटन कार्यक्रम राखिएको जानकारी दिएका छन् ।
बोर्डले स्थापनाको रजत जयन्तीको अवसरमा पूँजी बजार सम्बन्धी पहिलो प्रर्दशनी आयोजना गर्न लागेको हो ।
प्रर्दशनीमा नेपाल स्टक एक्सचेन्ज, धितोपत्र दलाल कम्पनी, मर्चेन्ट बैंकर, सामूहिक लगानी कोष, क्रेडिट रेटिङ कम्पनी, नेपाल राष्ट्र बैंक, विमा समितिलगायतका १ सय ७० वटा स्टल रहने छन् ।
प्रर्दशनीमा धितोपत्रको प्राथमिक र दोस्रो बजार सम्बन्धी विविध जानकारी लिने व्यवस्था गरिएको पनि बोर्डले जनाएको छ ।
प्रर्दशनीमा धितोपत्र बजार सम्बन्धी अध्ययन सामग्रीहरु निःशुल्क वितरण गर्ने व्यवस्था पनि मिलाइएको छ ।


















