Prakash Adhikari May 9, 2018

काठमाण्डौ २५ बैशाख । प्रधानमन्त्री के.पी. शर्मा ओलीले पूर्व पराराष्ट्र मन्त्री तथा वरिष्ठ राजनीतिक व्यक्तित्वहरुसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका सम्बन्धमा छलफल गरेका छन् ।

प्रधानमन्त्रीले ओलीले आफ्नो सरकारी निवास बालुवाटारमा सो परामर्श गरेका हुन् ।

छलफलका क्रममा प्रधानमन्त्री ओलीले एक महिना अघिको आफ्नो भारत भ्रमणको पहिलो दिनको भेटमै आफूले भारतीय समकक्षीसँग सुझाएको मितिमै मोदीको भ्रमेण हुन लागेको बताएका थिए । उनले नेपालको राष्ट्रिय हितका पक्षमा भारतका नेताहरुले सम्मान प्रकट गर्दै आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने कुरा प्रष्ट रुपमा राखेको बताए ।

उक्त अवसरमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भारतीय प्रधानमन्त्रीको राजकीय भ्रमणका अवसरमा आयोजना गरिने कार्यक्रमहरुका बारेमा बताएका थिए ।

छलफलका क्रममा पूर्व प्रधानमन्त्री तथा पूर्व पराराष्ट्र मन्त्री माधवकुमार नेपालले भारतले सीमा क्षेत्रमा बनाएका वाँधहरुका कारण हरेक वर्षातका मौसममा नेपालपट्टि डुवान हुने समस्याका सम्बन्धमा भारतीय पक्षले संवेदनशीलता अपनाउनु पर्नेमा जोड दिएका थिए।

उक्त अवसरमा संघीय लोकतान्त्रिक फोरमका राजेन्द्र श्रेष्ठले पनि नेपालका तर्फबाट भारतीय पक्षसमक्ष दुई पक्षीय मामिलामा वार्ता गर्दा राष्ट हितको विषयलाई शिरोपर गर्नु पर्ने धारणा व्यक्त गरे।

पूर्व परराष्ट्र मन्त्रीहरु नारायणकाजी श्रेष्ठ, महेन्द्रबहादुर पाण्डे, डा. भेषबहादुर थापा तथा पूर्व रक्षा मन्त्री भीम रावल, राजपाका नेता महन्थ ठाकुरले भारतका तर्फबाट गरिएका प्रतिवध्दता पूरा गरिनु पर्ने धारणा व्यक्त गरे ।

डा. भेषबहादुर थापाले प्रधानमन्त्री ओलीको पहलमा नेपाल र भारतबीच यस अघि कहिल्यै नभएको परिमाणमा सम्वाद भइरहेको धारणा व्यक्त गर्दै भारतको राजनीतिक तहमा नेपालको सुनुवाई प्रभावकारी रुपमा भइरहेको बताए ।

अब भारतीय पक्षको कार्यान्वयन गर्ने तहबाट पनि त्यसअनुसार व्यवहार हुने छ भन्ने आशा गरिएको उनले बताए ।

परराष्ट मन्त्री ज्ञवालीले भ्रमणका अवसरमा मोदीलाई जनकपुर र काठमाण्डौमा नागरिक अभिनन्दन हुने जानकारी गराएका थिए ।

Share Now

Leave a comment.