काठमाडौं, २६ बैशाख । संघीय संसदको बुधबार(आज)को बैठकमा अर्थमन्त्री डा .युवराज खतिवडाले आगामी बजेटले नीतिगत सिद्धान्त र प्राथमिकताको खाँका प्रस्तत गर्दैछन् ।
अपरान्ह१ बजेको लागि आह्वान गरिएको आजको प्रतिनिधिसभाको बैठकको कार्यसूचिको अन्तिममा स्थानमा बजेटको अन्तिममा बजेटको नीति, सिद्धान्त तथा प्राथमिकता प्रस्तुत हुने विषय परेको छ ।
आजको कार्यसूचीमा गृहमन्त्रीबाट “राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश, २०७५ लाई स्वीकृत गरियोस्” भनी प्रस्तुत गर्ने प्रस्ताव ,“राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७५ र “संघीय संसदका महासचिव, प्रतिनिधि सभाका सचिव र राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी अध्यादेश, २०७५ लाई निर्णायार्थ प्रस्तुत गर्ने कार्यक्रम छ । तीन वटै अध्यादेशमा नेपाल मजदूर किसान पार्टीका प्रेम सुवालले अस्वीकार गरियोस्” भन्ने सूचना दिएकोले सो उपर छलफल गरी पहिले निर्णयार्थ प्रस्तुत गरेर सरकारी अध्यादेश पेश गरिनेछ ।
आजको बैठकमा “बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) अध्यादेश र प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका कृष्णभक्त पोख्रेलले “प्रतिनिधि सभा नियमावली, २०७५ को मस्यौदा प्रतिवेदनमाथिको दफावार छलफल सदनमा गरियोस्” भनी प्रस्ताव प्रस्तुत गरी त्यसलाई पारित गर्ने कार्यसूचि पनि रहेको छ ।
त्यसपछि मात्री अर्थमन्त्री डा० युवराज खतिवडाले “आ।व। २०७५/०७६ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक)छलफल गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।
अर्थमन्त्रीले बजेटमा संघीयता कार्यान्वयन, दिगो विकासका लक्ष्य प्राप्ति , पूर्वाधार क्षेत्रमा लगानी, पुननिर्माण लगायत विषयमा केन्द्रित बजेटको नीतिगत प्राथमिकता प्रस्तुत गर्ने तयारी गरेका छन्। बजेटमा सरकारको महत्वकांक्षासँग जोडिएका परियोजनाहरु पनि सामेल गरिनेछन् ।
अर्थमन्त्री खतिवडाले बजेट तयारीबारे पूर्वअर्थमन्त्रीहरुका साथै प्रदेशका अर्थमन्त्रीहरुसंग पनि छलफल गरिसकेका छन्।


















