Prakash Adhikari February 21, 2024

काठमाडौं, ९ फागुन । बङ्गलादेशसँग विद्युत बिक्री सम्झौताको टुङ्गो लगाउन नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङसहितको टोली आज त्यसतर्फ प्रस्थान गर्ने भएको छ ।

विद्युत बिक्री सम्झौताको मूल्य लगायतका मुख्य विषयलाई अन्तिम रुप दिन प्राधिकरणको टोली त्यसतर्फ जान लागेको हो ।

प्राधिकरणले फेब्रुअरीको पहिलो साता नै विद्युत बिक्रीका लागि प्रस्तावित मूल्यसहितको प्रस्ताव बंगलादेशसामु पेश गरिसकेको छ । प्राधिकरणले बर्षायाममा प्रतियुनिट ८ रुपैयाँ ९१ पैसामा बिजुली बेच्ने गरी प्रस्ताव पेस गरेको छ ।

पाँच वर्षसम्मको सम्झौता गरि भारत हुँदै नेपालले बङ्गलादेशतर्फ बिजुली निर्यात गर्न लागेको हो । पहिलो चरणमा बङ्गलादेशले ४० मेगावाट बिजुली खरिद गर्न लागेको हो ।

प्राधिकरणले प्रस्तावित गरेको मूल्य बाहेक भारतीय प्रसारण लाइन प्रयोग गरेबापतको ह्विलिड. चार्ज बङ्गलादेशले तिर्नुपर्ने हुनेछ ।

त्यसकारण बङ्गलादेशले नेपालबाट किन्ने विद्युत ८ रुपैयाँ २४ पैसा भन्दा महँगो हुनेछ ।

Share Now