कीर्तिपु(काठमाडौं), ९ फागुन । आईसीसी विश्वकप लिग २ अन्तरगत आज नेपालमा भइरहेको खेलमा नेपालले नामिबियाको दोस्रो विकेट झारेको छ।
नेपालका लागि दोस्रो विकेट कप्तान रोहित पौडेलले लिएका हुन् । उनले नामिबियाका ओपनर जे.पी.कोट्जेको विकेट लिएका हुन् ।
पाँचौ ओभरमा पहिलो स्पेल लिएर आएका कप्तान रोहितले पहिलो बलमा नै कोट्जेको विकेट लिएका हुन् । नेपालका शीर्षक्रमका ब्याटर रोहित आफ्नो इनिड.मा शून्य रनमा आउट हुनुपरेको थियो ।
यस अगाडि नेपालले एक विकेट रन आउटबाट पाएको थियो ।
दीपेन्द्रसिंह ऐरीले फालेको बलमा रन लिन कोशिस गरिरहेका निकोलास डाभिनलाई सोमपाल र ऐरीले रन आउटमा पारेका थिए ।
आईसीसी विश्वकप क्रिकेट लिग २ को दोस्रो खेलमा नेपालले नामिबियालाई १ सय ६९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
हाल छैटौं ओभरको अन्त्यमा नामिबियाले २ विकेटको क्षतिमा २७ रन जोडेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाल ३७ ओभरमा १ सय ६८ रन बनाउँदा अलआउट भएको थियो।


















