कीर्तिपु(काठमाडौं), ९ फागुन । आईसीसी विश्वकप लिग २ अन्तरगत आज नेपालमा भइरहेको खेलमा नेपालले नामिबियाको पाँचौे विकेट झारेको छ।
२२ औँ ओभरको अन्तिम बलमा कुशल भूर्तेलले नामिबियाका गेहार्ड इरास्मसलाई करण केसीको हातबाट क्याच आउट गराए। ५६ बलमा ८ चौका र २ छक्का हानेका इरासमस ५२ रनमा आउट भए।
त्यसअघि अलराउण्डर दिपेन्द्र सिंह ऐरिले नामिबियाविरुद्ध नेपाललाई चौथो सफलता दिलाएका छन्।
दीपेन्द्रले १८ औँ ओभरको तेस्रो बलमा जान फ्रेलिकलाई एलबीडब्लु धरापमा पारे।
नेपालका लागि तेस्रो विकेट कुशल मल्लले लिएका हुन् । उनले तेह्रौं ओभरको पहिलो बलमा नामिबियाका माइकल भान लिंगेनको विकेट झारेका थिए ।
यस पहिले नेपालका लागि दोस्रो विकेट कप्तान रोहित पौडेलले लिएका हुन् । उनले नामिबियाका ओपनर जे.पी.कोट्जेको विकेट लिएका हुन् ।
पाँचौ ओभरमा पहिलो स्पेल लिएर आएका कप्तान रोहितले पहिलो बलमा नै कोट्जेको विकेट लिएका हुन् । नेपालका शीर्षक्रमका ब्याटर रोहित आफ्नो इनिड.मा शून्य रनमा आउट हुनुपरेको थियो ।
यस अगाडि नेपालले एक विकेट रन आउटबाट पाएको थियो ।
दीपेन्द्रसिंह ऐरीले फालेको बलमा रन लिन कोशिस गरिरहेका निकोलास डाभिनलाई सोमपाल र ऐरीले रन आउटमा पारेका थिए ।
आईसीसी विश्वकप क्रिकेट लिग २ को दोस्रो खेलमा नेपालले नामिबियालाई १ सय ६९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
हाल छैटौं ओभरको अन्त्यमा नामिबियाले २ विकेटको क्षतिमा २७ रन जोडेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाल ३७ ओभरमा १ सय ६८ रन बनाउँदा अलआउट भएको थियो।