Prakash Adhikari March 8, 2024

 

काठमाडौं,२५ फागुन। नेपाल वायुसेवा निगमको ग्राउण्ड ह्याण्डलिङ्ग सेवालाई आईसागोले पुनः प्रमाणीकरण गरेको छ ।

निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पोखरामा अन्तर्राष्ट्रिय उडानका वायुसेवालाई दिँदै आएको ग्राउण्ड ह्याण्डलिङ्ग सेवाको गुणस्तर अन्तर्राष्ट्रिय हवाई यातायात संगठन (आयटा)को सेफ्टि अडिट फर ग्राउण्ड अपरेसन (आइसागो)बाट प्रमाणिकरणसमेत भएको हो ।

यो प्रमाणीकरणसंगै निगमको ग्राउण्ड हयाण्डलिड. सेवाको गुणस्तर दुईबर्षका लागि ढुक्क भएको छ । निगमका विरोधीहरुले निगमले ग्राउण्ड ह्याण्डलिड. सेवा राम्रोसंग सञ्चालन गर्न सकेन भन्दै अन्य निजी कम्पनीलाई दिने प्रस्ताव वारम्वार नागरिक उड्डयन प्राधिकरण र पर्यटन मन्त्रीसमक्ष पुर्याउने गरेका छन् ।

आयटा आइसागोको नियमानुसार आयटाका आधिकारिक अडिटर्सले दुई–दुई वर्षमा यस्तो अडिट गर्ने गरेको छन् । उक्त अडिटले तोको सबै मापदण्ड पूरा गरेर निगमलाई ग्राउण्ड ह्याण्डलिङ्ग सेवाको गुणस्तर नवीकरणको प्रमाणपत्र पाएको हो । निगमको ग्राउण्ड ह्याण्डलिड. सेवाको गुणस्तर २०२६ मार्च ५ सम्म नवीकरण भएको छ ।

निगमको ग्राउण्ड ह्याण्डलिङ्ग सेवाका लागि सन् २०१६ अगष्ट २६ देखि आयटा आइसागो प्रमाणपत्र प्राप्त गरेको हो ।

निगमले हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्य वायुसेवाहरुको अन्तर्राष्ट्रिय उडानहरुमा ग्राउण्ड ह्याण्डलिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

Image

Share Now