कीर्तिपुर(काठमाडौं), १६ चैत्र । नेपाल ए र आयरल्याण्ड ए बीचमा भएको आजको खेलमा नेपाली टिम २१ रनले पराजित भएको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको आजको खेलमा २ सय २३ रनको लक्ष्य पाएको नेपालले २० ओभरको निर्धारित खेलमा १९.३ ओभरमा सबै विकेट गुमाउदै २ सय १ रन मात्र बनाउन सक्यो ।
खेलमा टस जितेर फिल्डिड. रोजेको नेपालका लागि ओपनर लोकश बमले आयरल्याण्ड ‘ए’ विरुद्धको आजको खेलमा शतक बनाए । उनले ५६ बलमा ८ छक्का र ९ चौकाको मद्दतले १ सय ६ रन बनाएका हुन् ।
नेपालका लागि आरिफ शेखले ४९, क्याप्टेन बिनोद भण्डारीले १६, अर्जुन घर्ती र बसिर अहमदले ३ । ३, किरण ठगुन्नाले २ र सागर ढकाले १ रन जोडे । रसिद खान,कमल ऐरी र हेमन्त धामी शून्य रनमा आउट भए ।
नेपाललाई रोक्ने क्रममा आयरल्याण्ड वुल्भ्सका फियोन ह्याण्ड र म्याथ्रु हम्फ्रीले ३ /३ म्याथु फोष्टरले २ तथा थोमस मायस र ग्याभिन होयले १ / १ विकेट लिए
यस पहिले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर नेपाल ए टोलीले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको आयरल्यान्ड टोलीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय २२ रनको विशाल लक्ष्य प्रस्तुत गरेको हो।
वुल्भ्सको लागि पिटर मोरले ४९, केड कार्मिचेल र निल रकले ३८/३८, स्टेफन दोहेनीले ३४, गरेथ डेलिनीले ३०, गाभिन होवेले १८ र रोस एडेरले २ रनको योगदान दिए ।
वुल्भ्सलाई रोक्ने क्रममा नेपालका लागि कमल सिंह ऐरिले ३ विकेट लिए भने सागर ढकाल र आरिफ शेखले समान एक एक विकेट लिए।


















