Prakash Adhikari March 29, 2024

कीर्तिपुर(काठमाडौं), १६ चैत्र । नेपालका ब्याटर लोकश बमले आयरल्याण्ड ‘ए’ विरुद्धको आजको खेलमा शतक बनाएका छन् ।

उनले ५६ बलमा ८ छक्का र ९ चौकाको मद्दतले १ सय ६ रन बनाएका हुन् ।

ओपनर रहेका उनी १६ ओभरको अन्तिममा फियोन ह्याण्डले फालेको बलमा क्याच आउट हुन पुगेका हुन् ।

उनले ५२ बलमा ८ छक्का र ८ चौकाको मद्दतमा शतक प्रहार गरेका हुन् ।

Share Now