काठमाडौं, २१ चैत्र । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले आर्थिक वर्ष २०७९/८० को ३७ औं वार्षिक साधारण सभा चैत्र २० गते मंंगलबार नेपाल प्रज्ञा प्रतिष्ठान भवन, कमलादीमा भव्यतापूर्वक सम्पन्न गरेको छ ।
आर्थिक वर्ष २०७९/८० मा बैंक ३ अर्ब ७२ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ (आर्थिक वर्ष २०७९/८० को मध्यतिर २०७९ पौष २७ गते देखि साविक मेगा बैंक नेपाल लिमिटेडसँग मर्जरको कारणले गत आर्थिक बर्षको आय-व्ययको रकम अघिल्लो वर्षसँग तुलना गर्न मिल्ने अवस्था भने छैन ।
आर्थिक वर्ष २०७८/०७९ मा साविक नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड र मेगा बैंक नेपाल लिमिटेडको को गरी कूुल निक्षेप ३ खर्ब ४३ अर्ब रुपैयाँ रहेकोमा गत आर्थिक बर्ष २०७९/८० को अन्त्यमा सो निक्षेप १६ अर्ब ९७ करोड रुपैयाँले वृद्घि भई ३ खर्ब ६० अर्ब रुपैयाँ पुगेको छ ।
त्यसैगरी आर्थिक वर्ष २०७९/८० को अन्त्यमा बैंकको कूल कर्जा तथा सापटी रकम ३ खर्ब १२ अर्ब रुपैयाँ कायम रहेको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यमा साविक नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड र मेगा बैंक नेपाल लिमिटेडको गरी कूल कर्जा तथा सापटी रकम ३ खर्ब १४ अर्ब रुपैयाँ रहेको थियो ।
विगत केही वर्ष देखि नेपाल राष्ट्र बैँकले बैँकहरुको संख्या घटाउन लिएको मर्जर नीतिलाई समर्थन गर्दै आर्थिक वर्ष २०७९/८० मा साविक नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड र मेगा बैंक नेपाल लिमिटेड एक आपसमा गाभिई मिति २०७९ पौष २७ गतेबाट नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको नाममा एकीकृत कारोबार सञ्चालन भएको थियो ।
मर्जर पश्चात् यस बैंकको चुक्ता पूँजी ३४ अर्ब १३ करोड रुपैयाँ र कुल शेयरधनी कोष ५५ अर्ब ६० करोड रुपैयाँ पुगेको छ ।
हाल बैंकले २ सय ७० शाखा, २ सय ६७ एटिएम, १६ राजश्व संकलन काउन्टर सहित ६३ एक्टेन्सन काउन्टर र ४६ शाखारहित बैंकिङ मापर्mत ३२ लाख भन्दाबढी ग्राहकहरुलाई सेवा दिँदै आएको छ ।
गुणस्तरीय सेवा तथा सुबिधा प्रदान गरेका कारण समीक्षा अवधिमा बैंकले अन्तराष्ट्रिय प्रकाशन– युरोमनीबाट “बेस्ट बैंक २०२३” को उपाधि समेत प्राप्त गर्न सपmल भएको छ ।
सम्मानित सर्वाेच्च अदालतको निर्णयलार्ई पालन गर्दै बैंकले संचालकहरूको निर्वाचन हाललाई स्थगित गरेको छ भने साधारण सभामा प्रस्तुत भएका अन्य सम्पूर्ण एजेण्डाहरु सभाद्धारा अनुमोदन भएका छन ।


















