वापी(गुजरात,भारत), २५ चैत्र । एसएमएस फ्रेन्डसिप कप त्रिकोणात्मक सिरिजको फाइनलमा गुजरातविरुद्ध ब्याटिङ उत्रको ेनेपाली राष्ट्रिय टोलीले राम्रो लय पक्डिएको छ ।
नेपालले १९. १ ओभरमा ४ विकेटको क्षतिमा १ सय ६३ रन जोडेको छ । खेलमा नेपाली क्याप्टेन रोहित पौडेलले अर् शतक कटाएका छन् । उनी ७४ रन बनाउन सफल रहे ।
गुजरातको वापीस्थित साइ मेघपान स्पोर्टस् लाइफ मैदानमा नेपाली टोलीका कप्तान रोहित पौडेलले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका हुन्।
मुख्य प्रशिक्षक मोन्टी देसाइले अघिल्लो खेलबाट फाइनलमा चार खेलाडी परिवर्तन गरेका छन्।
अघिल्लो खेलबाट आकाश चन्द, प्रतिश जिसी, ललित राजवंशी र अनिल शाहलाई बाहिर राखेका छन्।
अघिल्लो खेलमा विश्राम पाएका कप्तान रोहित पौडेलसहित, सोमपाल कामी, अविनास बोहोरा र आशिफ शेख टोली फर्किएका छन्।
सिरिजका दुई खेलमा नेपालले गुजरातलाई पराजित गरेको थियो।
नेपालको सुरुवाती ११ मा कुशल भुर्तेल, आशिफ शेख, रोहित पौडेल, गुल्सन झा, सन्दीप जोरा, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरि, विवके यादव, करण केसी, सोमपाल कामी र अविनास बोहोरा।
भारतमा जारी एमएमएस फ्रेन्डसीप कपको उपाधिका लागि आज नेपाली क्रिकेट टोलीले गुजरातसँग खेल्दैछ । लिग चरणका तीन खेलमा जित निकाल्दै नेपाल विजेताका रूपमा फाइनलमा पुगेको हो भने गुजरात दोस्रो स्थानमा रहँदै फाइनल पुगेको हो । जारी प्रतियोगितामा नेपाल, गुजरात र बरोडाबीच प्रतिस्पर्धा भएको थियो ।
लिग चरणका चार खेलमध्ये तीन खेलमा विजयी भएको नेपाल अन्तिम खेलमा बरोडासँग ३७ रनले पराजित भएको थियो ।
–––