Prakash Adhikari April 7, 2024

काठमाडौं, २५ चैत्र । सन्दीप लामिछाने अदालतबाट दोषी ठहर भएर राष्ट्रिय टिमबाट खेल्न नपाएपछि नेपाली राष्ट्रिय क्रिकेट टिममा बलिड.मा देखा परेको कमजोरीलाई सुघार गर्न नेपाल क्रिकेट संघले नयाँ बलिङ कन्सल्टेन्ट नियुक्त गरेको छ।

संघले क्यारेबियन मुलुक बारबाडोसका रोड्रिक ओर्भिली इस्टविक नियुक्त गरेको जानकारी दिएको छ ।

बार्बाडोसका तीव्र गतिका बलर ६३ वर्षीय रोड्रिकले आगामी टी–२० विश्वकपसम्म नेपाली टोलीलाई हेर्नुहुने छ।

यसअघि एस्टविकले वेस्ट इन्डिजको सिनियर टोलीमा बलिङ प्रशिक्षकको काम गरिसक्नुभएको छ ।

सन् २०१६ देखि २०२२ मा उहाँले वेस्ट इन्डिजमा काम गरिसक्नु भएको छ। नेपाली प्रशिक्षक मोन्टी देसाईले वेस्ट इन्डिजको ब्याटिङ प्रशिक्षकका रुपमा काम गर्दा उहाँ पनि सँगै हुनुहुन्थ्यो ।

एस्टविक यही साता ओमानमा हुने एसीसी मेन्स प्रिमियर कपबाट टोलीमा आवद्ध हुने बताइएको छ। नेपाली टोली सो प्रतियोगिताको लागि भारतबाट सिधै ओमान जादै छ । भारतमा भएको एसएमएस त्रिकोणीय श्रृखलामा बिजेता बनेको नेपाल उच्च मनोबलसाथ खेल्ने तयारीमा छ ।

Share Now