Prakash Adhikari April 27, 2024

काठमाडौं, १५ वैशाख । नेपाल भ्रमणमा रहको वेष्टइण्डिज ए विरुद्धको टी २० खेलमा नेपालका कप्तान रोहित पौडेलले शतक कटाका छन् ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदान वेष्ट इण्डिजले दिएको २ सय ५ रनको लक्ष्य पछ्याउने क्रममा उनले ५४ बलमा १ सय १२ रन बनाएका हुन् । त्यस क्रममा उनले १० चौका र ६ छक्का प्रहार गरेका हुन् ।

पहिले ब्याटिङ गरेको वेष्णइण्डिज ए ले नेपाललाई २ सय ५ रनको लक्ष्य दिएको छ ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले २४, ओपनर अनिल शाह ५ र कुशल मल्ल र कुशल भुर्तेल १६ । १६ रनमा आउट भए । विवेक यादव ७ रनमा आउट भए ।

 

Share Now