काठमाडौं, १५ बैशाख । नेपाली राष्ट्रिय क्रिकेट टोलीले नेपाल भ्रमणमा आएको वेस्ट इन्डिज ‘ए’ विरुद्ध टि २० सिरिजको पहिलो खेलमा विजय प्राप्त गरेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा खेलमा वेस्ट इन्डिज ए ले दिएको २ सय ५ रनको लक्ष्य नेपालले १९.४ ओभरमा ६ विकेटको क्षतिमा २ सय ६ रन बनाएर हासिल गर्यो ।
खेलमा नेपालका कप्तान रोहितले उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दै शतक बढीको योगदान गरे । उनले ५४ बलमा १० चौका र ६ चक्कासहित १ सय १२ रन जोडे ।उनले २७ बलमा अर्धशतक पूरा गरेका थिए ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले २४, कुशल भूर्तेल र कुशल मल्लले १६।१६, विवेक यादवले ६, अनिल शाहले ५, गुल्शन झाले४, प्रतिश जीसीले रनको योगदान गरे ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेष्टइण्डिज ए ले २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ४ रन बनायो ।
वेष्टइण्डिज ए का कप्तान रोस्टन चेसले ४६ बलमा ९ चौका र २ छक्कासहित सर्वाधिक ७४ रन बनाए ।
ओपनर एलिक एथानाजे २५ बलमा ५ चौका र ३ छक्कासहित ४७, केसी कार्टी २६ बलमा २ चौका र ३ छक्कासहित ३८ रनमा आउट भए । कदिम एलियन १५ बला २ चौकासहित १४ रनमा नट आउट रहे भने आन्द्रे फ्लेचर १३ रनमा र किमो पौल १ रनमा नआउट रहे । जोनसन चार्ल्स शून्य रनमा आउट भए ।
वेष्ट एण्डिज ए लाई रोक्ने क्रममा नेपालका कमलसिंह ऐरी, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल र अभिनाश बोहराले १ । १ विकेट लिए ।


















