Prakash Adhikari May 18, 2018

काठमाडौं, ४ जेठ । विश्व फुटबल महासंघ फिफाले जारी गरेको नयाँ वरियताक्रममा नेपाल दुई स्थान तल झर्दै १६४ औं स्थानमा पुगेको छ ।

दक्षिण एसियातर्फ भने नेपाल तेस्रो स्थानमा छ । विश्व वरियताको ९७ औं स्थानमा रहेको भारत भने दक्षिण एसियातर्फ शिर्ष स्थानमा छ ।

त्यस्तै माल्दिभ्स १४८ औं वरियताका साथ दक्षिण एसियातर्फ दोस्रो स्थानमा छ भने १८४ औं वरियताका साथ भूटान चौथो स्थानमा छ ।

त्यसैगरी १९७ औं वरियताका साथ बंगलादेश दक्षिण एसियातर्फ पाँचौं स्थानमा छ भने २०० र २०३ औं वरियताका साथ श्रीलंका र पाकिस्तान क्रमशः छैठौं र सातौं स्थानमा छन् ।

शीर्षमा जर्मन
जर्मनी फिफा विश्व वरियताको शिर्ष स्थानमा छ । त्यसपछिको स्थान ब्राजील र बेल्जियमले लिएका छन् ।

Share Now

Leave a comment.