Prakash Adhikari May 2, 2024
कीर्तिपपुर(काठमाडौँ), २० वैशाख स् नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ‘ए’ले  नेपाल श्रृखलाको चौथो टी २० खेलमा घरेलु टोलीसामु  २ सय १० रनको लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ले निर्धारित २० ओभरमा ३ वकेटको क्षतिमा २ सय ९ रन जोडेको छ।
वेस्ट इन्डिज ‘ए’का लागि आन्द्रे फ्लेचर ८४ र फबियन एलियन ३३ रनमा नटआउट रहे। फ्लेचरले ५४ बलमा ९ चौका र ४ छक्का प्रहार गरे।
जोनसन चार्ल्स ५८ रन बनाउँदा क्याच आउट भए। ३० बलमा ३ चौका र ६ छक्का हानेका जोनसन कुशल भुर्तेलको बलमा दीपेन्द्र सिंह ऐरीको हातबाट क्याच आउट भए।
केसी कार्टी ४ रन बनाउँदा कुशल भुर्तेलकै बलमा ४ रन बनाउँदा रोहित पौडेलको हातबाट क्याच आउट भए।
ओपनर एलिक अथानाज ५ रन बनाउँदा प्रतिश जिसीको बलमा सन्दीप जोराको हातबाट क्याच आउट भए।
नेपालका लागि कुशल भुर्तेलले २ विकेट लिए। प्रतिश जिसीले १ विकेट लिए।
यस अगाडि कीर्तिपुर मैदानमा टी–२० क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा वेस्ट इन्डिज ‘ए’ले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ ।
 आजको खेलमा नेपाल जित्नैपर्ने दबाबमा छ ।
आज नेपाली टोलीमा रोहितकुमार पौडेल, कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, गुलशनकुमार झा, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, प्रतिश जिसी, ललितनारायण राजवंशी र अभिनाश बोहरा रहेका छन् ।
यसअघि भएका तीन खेलमध्ये वेस्ट इन्डिज ‘ए’ले दुई खेल जितेको छ भने नेपाल एउटा खेलमा मात्रविजयी भएको छ । यही वैशाख १५ गते भएको पहिलो खेलमा नेपाल चार विकेटले विजयी भएको थियो । सो खेलमा वेस्ट इन्डिज ‘ए’ले दिएको दुई सय पाँच रनको विजयी लक्ष्य नेपालले ६ विकेट गुमाएर पुरा गरेको थियो । उक्त खेलमा कप्तान रोहितकुमार पौडेलले शतकीय पारी खेलेका थिए । उनले एक सय १२ रन बनाउनुका साथै बलिङतर्फ एक विकेट समेत लिएका थिए ।
यसैगरी वैशाख १६ गते भएको दोस्रो खेलमा भने नेपाल वेस्ट इन्डिज ‘ए’सँग मात्र १० रनले पराजित भयो । सो खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपालसामु जितका लागि एक सय ६१ रनको लक्ष्य प्रस्तुत गरेको थियो । तर नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ५० रन मात्र बनाउन सक्यो । उक्त खेलमा पनि कप्तान पौडेलले उत्कृष्ट ब्याटिङ गरे । उनले अविजित ७१ रन बनाए । पहिलो खेलमा जस्तै दोस्रो खेलमा पनि नेपाली ब्याटरले सम्झिन लायक ब्याटिङ गर्न सकेनन् । फलस्वरुप नेपालले सो खेल झिनो रनअन्तरले गुमाउन पुग्यो ।
यस्तै बुधबार भएको तेस्रो खेलमा भने नेपाल वेस्ट इन्डिज ‘ए’सँग फराकिलो रनअन्तरले पराजित भयो । वेस्ट इन्डिज ‘ए’ले जितका लागि नेपालसामु दुई सय २८ रनको विजयी लक्ष्य प्रस्तुत गरे पनि नेपाली टोली एक सय ५१ रनमै समेटियो ।
सो खेलमा त्यसअघिका दुई खेलको भन्दा कमजोर खेल प्रदर्शन ग¥यो । नेपाली टोलीको अन्य दुई खेलको तुलनामा बलिङ, ब्याटिङ र फिल्डिङमा फितलो प्रदर्शन रह्यो । सो खेलमा वेस्ट इन्डिज ‘ए’का जोनसन चाल्र्सले शकतीय पारी खेले भने आन्द्रे फ्लेचरले अद्र्धशतक प्रहार गरेका थिए  ।
नेपाल र वेस्ट इन्डिज ‘ए’बीचको अन्तिम खेल शनिबार हुनेछ ।
Share Now