Prakash Adhikari May 2, 2024

कीर्तिपुर(काठमाडौं), २० बैशाख । नेपाल भ्रमणमा आएको पाहुना टोली वेष्ट एण्डिज एसंगको चौथो खेलमा नेपालको चौथो विकेट गुमेको छ ।

२ सय १० रनको लक्ष्य पछ्याएको नेपालले १० ओभरभित्रै चौथो विकेट गुमाएको हो । नेपालले चौथो विकेटको रुप्मा ९।२ ओभरमा सन्दीप जोरालाई गुमाएको हो ।

यसपहिले नेपालले तेस्रो विकेटको रुपमा ४.५ओभरमा कुशल मल्ल्लाई गुमाएको थियो । त्यस अगाडि नेपालले कुशल भूर्तेललाई ४.१ ओभरमा १ रन बनाएको अवस्थामा गुमाएको थियो । त्यस पहिले नेपालका ओपनर आशिफ शेख दोस्रो बलमा शून्य रनमा आउट भएका थिए ।

अहिले १३ औं ओभरको समाप्तिमा नेपालले ४ विकेटको क्षतिमा १ सय १९ रन जोडेको छ ।

Share Now