Prakash Adhikari May 17, 2024

काठमाडौं, ४ जेठ । आज ११ बजेका लागि बोलाइको प्रतिनिधि सभाको बैठक दिउँसो २ बजे को लागि सारिएको छ ।

संसद भवन नयाँ बानेश्वरमा बसेको विपक्षी दलहरुको बैठकले सहकारी ठगी प्रकरणमा संयुक्त संसदीय समिति बनाउने निर्णय गरेको छ ।

यस विषयमा परेको गाँठो फुकाउन सत्तापक्षका शीर्ष नेतृत्व नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेबीच सिंहदरबारमा अहिले वार्ता चलिरहेको छ।

प्रचण्डसँग वार्ताको लागि ओली शुक्रबार बिहान साढे १० बजे सिंहदरबार पुग्नुभर्एको थियो।

ओली र प्रचण्डबीच झण्डै २० मिनेट कुराकानी भएपछि लामिछाने पनि छलफलमा पुग्नुभयो। तीन नेताबीच भर्एको छलफलले समाधान निस्कने आशा सत्तापक्षका सांसदहरुलाई छ ।

सत्तापक्ष र प्रतिपक्ष आआफ्नो अडानमा बस्दा बिहीबार संसद् बैठकमा एमाले र कांग्रेसका सांसदबीच घचेटाघचेट भएको थियो।

हिजो स्थगित भएको प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको थियो। सत्तापक्ष र प्रतिपक्षबीच सहमति नजुटकोले बैठक बजेका लागि सारिएको छ ।

Share Now