काठमाडौं, ११ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पाौडेलसंग भेट गर्नुभएको छ।
प्रधानमन्त्री दाहालले राष्ट्रपति पौडेललाई शुक्रबार बिहान राष्ट्रपति भवन शीतल निवासमा भेट गर्नुभएको हो।
त्यस क्रममा राष्ट्रपति पौडेलले संसद्मा जारी गतिरोधबारे चासो र चिन्ता व्यक्त गर्नुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।
प्रधानमन्त्री प्रचण्डले संसद संचालनमा देखिएको समस्या समाधानको पक्षमा आफू रहेको राष्ट्रपतिलाई जानकारी गराउनुभएको छ । उहाँले संसदमा जारी गतिरोध अन्त्यका लागि आफूले पहल गरिरहेको पनि जानकारी दिनुभएको छ।


















