ड्याल्लास(टेक्सास्,संयुक्त राज्य अमेरिका), २० जेठ । आजदेखि सुरु भएको आईसीसी पुरुष टी २० विश्वकपको उद्घाटन खेलमा क्यानडाले आयोजक राष्ट्र संयुक्त राज्य अमेरिकासामु १ सय ९५ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ ।
अमेरिकाको टेक्सास राज्यको ड्याल्लासस्थित ग्राण्ड प्रेरी क्रिकेट मैदानमा भैरहेको खेलमा टस जितेको अमेरिकी टिमले पहिले फिल्डिड. गर्ने निर्णय लिएपछि क्यानडाले ब्याटिड. सम्हालेको थियो ।
२० ओभरको निर्धारित खेलमा क्यानडाले ५ विकेटको क्षतिमा १ सय ९४ रनको उच्च स्कोर बनायो । क्यानडाका लागि नवनित धाडिवालले ६१,निकोलास किर्तनले ५१, श्रेयस मुभले ३२, आरोन जोन्सनले २३, दिलप्रित बज्वाले ११ र डिलोन हेलिड.गरले १ रनको योगदान गरे ।
क्यानडालाई रोक्ने क्रममा अमेरिकाका अलि खान,हरमित सिंह र कोरी एण्डरसनले एक एक विकेट लिए ।
अहिले अमेरिकाको ब्याटिड. चलिरहेको छ र उसले ११ औं ओभरको अन्त्यमा२ विकेटको क्षतिमा ९१ रन जोडेको छ ।