Prakash Adhikari June 8, 2024

न्यूयोर्क(संयुक्त राज्य अमेरिका), २६ जेठ । आईसीसी टी २० विश्वकप अन्तरगत शुक्रबार सम्पन्न खेलमा एसोसिएट राष्ट्र क्यानाडाले टेस्ट राष्ट्र आयरल्यान्ड माथि रोमाञ्चक जित हासिल गरेको छ ।

शुक्रवार न्यूयोर्कमा भएको खेलमा क्यानाडाले आयरल्यान्ड माथि १२ रनको जित निकालेको हो ।

टस हारेर पहिला ब्याटिङ गरेको क्यानाडाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३७ रन बनाउदै आयरल्याण्डलाई १ सय ३८ रनको लक्ष्य दिएको थियो ।

निर्धारित २० ओभरको खेलमा आयरल्यान्डले ७ विकेटको क्षतिमा १ सय २५ रन मात्र जोड्न सक्यो । आयरल्यान्डका लागि मार्क अडेयरको ३४ रन, जर्ज डकरेलले ३० रन, एण्ड बालबिर्नीले १७, लोर्कन टकरले १०, पल स्टेरिड.ले ९, ह्यारी ट्याकरले ७, कुर्तिस च्याम्पसरले ४, गेरिथ डिलनीले ३ र म्यारी म्याककार्थी २ रनमा नट आउट रहे ।

आयरल्याण्डलाई रोक्ने क्रममा क्यानाडाका जेरेमी गोर्डन र डिलन हेलिगरले २ । २ तथा जुनेद सिद्दिकी र साद विन जफरले १ ।१ विकेट लिए ।

यस पहिले टस हारेर ब्याटिड.को निम्तो पाएको क्यानडाले निर्धारित २० ओभरको खेलमा १ सय ३७ रन बनाएको थियो ।

क्यानाडाका निकोलस किर्तनले ४९ रन, श्रेयस मोभ्भाले ३७ रन, पर्गत सिंहले १८,आरोन जोन्सनले १४, दिलप्रित बज्वाले ७, नवनित धादिवालले ६ र क्याप्टेन सादविन जाफरले १ रन बनाए । डिलन ह्यालिड.गर शून्य रनमा आउट भए ।

समूह ए मा क्यानाडाको २ खेलमा यो पहिलो जित हो । आयरल्यान्डको भने यो २ खेलमा दोस्रो हार हो । यस समूहमा अमेरिकाको २ खेलमा ४ अंक रहेको छ । भारतको १ खेलमा २ अंक छ भने पाकिस्तान १ खेलमा अंकविहिन छ ।

 

Share Now