न्यूयोर्क(संयुक्त राज्य अमेरिका), २६ जेठ । आइसीसी टी २० विश्वकपमा दक्षिण एशियाली राष्ट्र अफगानिस्तानले न्युजिल्याण्डमाथि सानदार जित निकालेको छ।
न्युयोर्कमा शुक्रबार भएको खेलमा अफगानिस्तानले न्युजिल्याण्डलाई ८४ रनले पराजित गर्दै जारी खेलमा लगातार दोस्रो जित निकालेको हो।
खेलमा अफगानिस्तानले दिएको १ सय ६० रनको लक्ष्य हासिल गर्ने आकांक्षा राखेको न्युजिल्यान्ड १५.२ ओभरमा ७५ रनमा अलआउट भएको थियो। न्युजिल्याण्डका लागि टोलीका ग्लेन फिलिप्सले १८ र म्याट हेनरीले १२ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। खेलमा क्याप्टेन केन विलियम्सनले ९, डभन कनवेले ८, डेरिल मिचेलले ५,मार्क च्याम्पनले ४, मिचेल स्टान्टनरले ४, टेन्ट बल्टले ३ र लकी फर्गुनशनले २।रन बनाए ।ओपनर फिन अलेन र अर्का खेलाडी मिचेल ब्रासवेलले खाता खोल्न सकेनन् ।
न्युजिल्याण्डलाई रोक्न अफगानिस्तानका कप्तान रसिद खान र फजालहक फारुकीले समान ४ र मोहम्मद नाबीले २ विकेट लिए।
त्यसअघि अफगानिस्तानले २० ओभरमा ६ विकेटको नोक्सानीमा १ सय ५९ रन बनाएको थियो। रहमदुल्ला गुरबाज र इब्राहिम जार्डनले पहिलो विकेटका लागि १ सय ३ रनको साझेदारी गरेका थिए। खेलमा रहमानुल्लाह गुर्बाजले ८०,इब्राहिम जार्दनले ४४, अजमातुल्लाह ओभरजाईले २२, क्याप्टेन रसिद खानले ६, करिब जनतले १ रन जोडे । खेलमा गुलबदिन नायब र मोहमद नावीले खाता खोल्न सकेनन् । अफगानिस्तानलाई रोक्न न्युजिल्यान्डका ट्रेन्ट बोल्ट र म्याट हेनरीले समान २ ।२ विकेट लिए।
लगातार २ खेल जितेको अफगानिस्तान ४ अंकसहित समूह सीको शीर्ष स्थानमा छ। यसअघि अफगानिस्तानले युगाण्डालाई १ सय २५ रनले हराएको थियो।