मेलबर्न (अष्ट्रेलिया), ११ जेठ । अष्ट्रेलियामा रहेर व्यवसाय गर्दै आएका नेपाली दम्पत्ति शेष घले र जमुना घले यसबर्ष अष्ट्रेलियाको ८१ औँ धनीको सूचीमा परेका छन् ।
अष्ट्रेलियाको फाइनान्सियल रिभ्यूले हरेक वर्ष सार्वजनिक गर्ने धनीको सूचीमा घले दम्पत्तीले यस वर्ष २० स्थानले सुधार गरेका हुन् । यसवर्ष उनीहरुको कुल सम्पत्ति ८ सय ७६ मिलियन डलर पुगेको छ ।
जुन गतवर्षको भन्दा एक सय ४७ मिलियन बढी हो । रिभ्यूका अनुसार उनीहरुको सम्पती यसबर्ष गतबर्षको भन्दा ३५ दशमलव ४ प्रतिशतले बढी हो ।
प्रवासी नेपालीहरुको संगठन एनआरएनका अध्यक्ष रहिसकेका घलेको मेलबर्नमा मेलबर्न इन्स्टिचुट अफ टेक्नोलोजी नामक शैक्षिक संस्था छ भने घरजग्गा लगायतका ब्यवसायमा समेत घले दम्पती सक्रिय छन् ।
बिहिबार साँझ सार्वजनिक भएको यो सुचीमा अन्थोनी प्राट पहिलो नम्बरमा छन् ।