काठमाडौं, ८ भाद्र । मध्य एशियाली भलिबल संघ(काभा)को विभिन्न चार प्रतियोगितामा विभिन्न पदक विजेता नेपाली टोलीका खेलाडी र प्रशिक्षकहरुलाई नेपाल भलिबल संघले नगदसहित पुरस्कृत गरेको छ।
गत महिना नेपालले भुटानमा काभा बीच भलिबल च्याम्पियनसिप(पुरुष र महिला) काठमाडौंमा वुमन्स भलिबल नेसन्स लिगमा र माल्दिभ्समा काभा यु २० वुमन्स भलिबल च्याम्पियनसिप प्रतियोगिता भएका थिए।
ती प्रतियोगिता मध्ये भुटानमा भएको महिला बिच भलिबल प्रतियोगितामा नेपालले स्वर्ण , पुरुष बिच भलिबलमा रजत पदक जितेको थियो । त्यस्तै काठमाडौंमा काभा महिला भलिबल नेसन्स लिगमा नेपाल उपविजेता बन्दै रजत पदक जितेको थियो भने माल्दिभ्स्मा सम्पन्न यु २० वुमन्स भलिबल च्याम्पियनसिपमा नेपालले कास्य जितेको थियो ।
नेपाल भलिबल संघले काभा वुमन्स नेशनल लिग जित्ने नेपाली महिला भलिबल टोलीका खेलाडी र मुख्य प्रशिक्षकलाई जनही १ लाख २ हजार रुपैयाँसहित पुरस्कृत गरिएको छ । संघले सहायक प्रशिक्षकलाई ९२ , व्यवस्थापक र फिजियोलाई जनही ८२ हजार रुपैयाँको नगदसहित पुरस्कृत गरेको छ ।
काभा बिच भलिबल च्याम्पियनसिपमा कमला पुन र मनिषा चौधरीको जोडीले महिलामा स्वर्ण पदक तथा मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडीले पुरुषमा रजत पदक जितेको थियो । संघले स्वर्ण पदक विजेता जोडीलाई जनही ६० हजार र रजत पदक विजेतालाई ३० हजार रुपैयाँबाट पुरस्कृत गरेको छ ।
माल्दिभ्समा भएको काभा यु २० वुमन्स भलिबल च्याम्पियनसिपमा कास्य पदक जित्ने नेपाली टोलीका हरेक सदस्यलाई १५ हजार रुपैयाँ प्राप्त गरे।
काभा नेसन्स लिगकै टिकट विक्रीबाट संकलन भएको रकमबाट संघले लाभा नेसन्स लिगको टोलीलाई जनही ५० हजार र अन्य पदक विजेतालाई नगदसहित पुरस्कृत गर्ने संघले निर्णय गरेको थियो ।
खेलाडीलाई प्रोत्साहित गर्न पशुपति कोटी होमको आयोजकबाट ५ लाख, भलिबल संघका निर्वतमान अध्यक्ष मनोरञ्जनरमण शर्मा, सल्लाहकार रेशम गुरुङ र अस्ट्रेलिया बस्ने दिपा पुनले समान १ लाख र सदस्य ज्योति केसीले ५० हजार रुपैयाँ नेसन्स लिगको टोलीलाई उपलब्ध गराएको संघले जनाएको छ।
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, भलिबल संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्द, सहाना प्रधान फाउन्डेसनकी अध्यक्ष रामकुमारी झाँक्री, एनआरएनएका पूर्व अध्यक्ष उपेन्द्र महतोलगायतले खेलाडीलाई पुरस्कृत गर्नुभएको थियो।
पुरस्कृत हुने खेलाडी, प्रशिक्षक र टिम व्यवस्थापकहरु
काभा महिला भलिबल नेसन्स लिगमा नेपाली टोलीःअरुणा शाही (कप्तान) , सरस्वती चौधरी, सलिना श्रेष्ठ, सफिया पुन, निरुता ठगुन्ना, संगम महतो, पुनम चन्द, कामना विष्ट, उषा भण्डारी, शान्तिकला तामाङ, कविता भट्ट, प्रगति नाथ, सुमित्रा रेग्मी र आरती सुवेदी ।
मुख्य प्रशिक्षक – जगदिश भट्ट
सहायक प्रशिक्षक – भरत यादव
व्यवस्थापक – निलम बज्राचार्य
फिजियो – लोकेन्द्र कुँवर
काभा महिला भलिबल यु–२० नेपाली टोलीःजेनिशा विश्वकर्मा (कप्तान), सलिना बुढा मगर, एलिसा मानन्धर, निशा महर, भावना तामाङ, एन्जिला प्रधान, निशा चौधरी, आरती चौधरी, मिना सुनार, अनुषा चौधरी, स्नेहा ठगुन्ना र आशिका क्षेत्री ।
मुख्य प्रशिक्षक – कुमार राई
सहायक प्रशिक्षक – अर्जुन घिमिरे
टोली व्यवस्थापक – जुनु पुन
काभा बीच भलिबल च्याम्पियनसिप
स्वर्ण पदक विजेता महिला जोडी – कमला पुन, मनिषा चौधरी
रजत पदक विजेता पुरुष जोडी – मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनार
प्रशिक्षक – रुपेश विष्ट


















