काठमाडौं, २९ जेठ ।नेपाली कांग्रेस सभापति तथा संसदीय दलका नेता माननीय शेरबहादुर देउवाज्यूले राष्ट्रिय सभा सदस्य माननीय सरिता प्रसाईलाई नेपाली कांग्रेसको तर्फबाट राष्ट्रिय सभामा नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतक पदमा मनोनयन गरेका छन् ।
नेपाली कांग्रेसका मुख्य सचेतक बालकृष्ण खाँडले मंगलबार एक विज्ञप्ति प्रकाशित गरि सोको जानकारी दिएका हुन ।
यस अगाडि कांग्रेस सभापति तथा संसदीय दलका नेता देउवाले राष्ट्रिय सभा सदस्य सुरेन्द्र पाण्डलेलाई राष्ट्रिय सभामा विपक्षी दलका नेताको रुपमा मनोनयन गरिसकेका छन् ।
महिला नेतृ प्रसाईको मनोनयनलाई सभापति देउवाले झापाको राजनीतिक सन्तुलत आफ्नो पक्षमा पार्न गरेको चलाखीको रुपमा पनि लिइएको छ ।
झापा निर्वाचन क्षेत्र र जनाधार भएका पूर्व महामन्त्री सिटौला सभापति देउवाको विकल्पको खोजीमा हिडिरहेको बेला सभापति देउवाले झापाका युवा नेता विश्वप्रकाश शर्मालाई पार्टी प्रवक्ताको महत्वपूर्ण जिम्मेवारी दिएका छन भने कोइराला परिवारसंग निकट रहेकी सरितालाई सचेतकको भूमिका दिएर उनलाई पनि आफ्नो पक्षमा पार्न सभापति देउवा सफल भएका छन् ।