कोलम्बो(श्रीलंका), १८ भाद्र । आईसीसी लिग २ विश्वकपको छनोट चरण अन्तरगत क्यानडामा यसै सेप्टेम्बर महिनामा हुने खेलका लागि अन्तिम तयारी गर्न श्रीलंका पुगेको नेपाली पुरुष राष्ट्रिय टोलीले आज त्यहाँको श्रीलंका डेभलपमेण्ट टिमसंग पहिलो खेल खेल्दै छ ।
नेपाल क्रिकेट संघले नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलंका भ्रमणका क्रममा तीनवटा अभ्यास खेल खेल्ने भएको छ ।
नेपालले श्रीलंका डेभलभमेन्ट टिमसॅंग नेपालले तीन वटा ५० ओभरको अभ्यास खेल खेल्ने छ । नेपालले भदौ १८, १९ र २१ गते अभ्यास खेल खेल्नेछ ।
क्यानडामा हुने विश्वकप लिग टुको अन्तिम तयारीका लागि नेपाली टोली श्रीलंका भ्रमणमा छ ।
श्रीलंकामा नेपाली समय अनुसार आजको खेल बिहान १०ः१५ बजे सुरु हुँदैछ । नेपालले सोही टोलीसँग बुधवार र शुक्रबार पनि अभ्यास खेल खेल्नेछ ।
रोहित पौडेलको कप्तानीमा श्रीलंका अभ्यास खेल्न पुगेको नेपाली टिममा आसिफ सेख, अनिल कुमार साह, देव खनाल, भीम सार्की, आरिफ सेख, कुशल मल्ल, अर्जुन साउद, सोमपाल कामी, करण के सी, गुलशन झा, रिजन ढकाल, ललित नारायण राजवंशी, आकाश चन्द, सागर ढकाल, सन्दीप जोरा, कुशल भुर्तेल, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने रहेका छन् ।