Prakash Adhikari September 4, 2024

 

काठमाडौं, १९ भाद्र । आईसीसी लिग २ विश्वकपको छनोट चरणको खेल लगत्तै नेपालले क्यानडामा त्रिकोणीय टी २० आई सिरिज खेल्ने भएको छ ।
क्यानडा क्रिकेटले बुधबार त्रिकोणीय ओडीआई र टी २० सिरिजको खेलतालिका सार्वजनिक गरेको छ ।

विश्कप लिग टु अन्तर्गतको क्यानडामा हुने ओडीआई सिरिज पछि नेपालले टी २० आई सिरिज खेल्दैछ । सिरिजमा घरेलु टोली, नेपाल र ओमान सहभागी हुने भएका छन् ।

खेलतालिका अनुसार भदौ ३१ देखि असोज १० सम्म ओडिआई सिरिज हुनेछ । असोज १२ देखि १७ गते सम्म टि २० सिरिज हुनेछ ।

त्रिकोणात्मक सिरिजमा नेपाल, घरेलु टोली र ओमान सहभागी हुनेछन् । नेपालको पहिलो खेल भदौ ३१ मा क्यानडासँग र दोस्रो खेल असोज २ मा ओमानसँग रहेकोछ । तेस्रो खेलमा असोज ६ मा क्यानडाको सामना गर्दा चौथो खेल असोज ८ मा ओमानविरुद्ध रहेको छ ।

ओडीआई सकिएको दुई दिनपछि तीनै टोलीबीचमा टी २० सिरिज हुनेछ । सिरिजको पहिलो खेलमा असोज १२ मा नेपालले घरेलु टोलीको सामना गर्दा दोस्रो खेलमा असोज १३ मा ओमानसँग खेल्नेछ । तेस्रो खेलमा नेपालले असोज १५ मा क्यानडासँग र चौथो खेलमा असोज १६ गते ओमानसँग खेल्नेछ ।

टि २० सिरिज पछि क्यानडासँग नेपालले ओडीआई सिरिज खेल्ने नेपाल क्रिकेट संघ(क्यान) द्वारा जारी बार्षिक क्यालेन्डरमा रहेको छ । त्यसपछि लिग टूको अर्को त्रिकोणात्मक सिरिज खेल्न नेपाल अमेरिका जानेछ ।

क्यानडामा हुने लिग टु तथा टी २० सिरिजको अन्तिम तयारीमा नेपाली क्रिकेट टोली हाल श्रीलंकामा रहेको छ ।

Share Now