न्युयोर्क ९अमेरिका०, ६ असोज स् प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबीच भेटवार्ता भएको छ ।
संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री ओली र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच स्थानीय समयअनुसार शनिबार साँझ राष्ट्रसङ्घ भवनमा भेटवार्ता भएको हो ।
भेटमा नेपालले दिगो विकासका लक्ष्य हासिल गर्न गरेका प्रयासहरु र जलवायु परिवर्तनबाट भोग्न परेका समस्याहरुको बारेमा छलफल भएको थियो ।
प्रधानमन्त्री ओलीले वायुमण्डलमा कार्बन उत्सर्जनमा नेपालको भूमिका नगण्य भएपनि जलवायु परिवर्तनका प्रतिकूल असरको सामना नेपालले गर्नुपरेको कुरा राख्नुभएको थियो । उहाँले जलवायु परिवर्तनका कारण नेपालमा वर्षाको प्रवृत्ति परिवर्तन हुँदै गएको,हिमालमा हिउँ पग्लने दर बढ्दै गएको, हिमनदीहरु छोटिदै गएका र हिमतालहरु विष्फोटका घट्नाहरु बढ्दै गएको कुरा उल्लेख गर्नुभएको थियो ।
भेटका अवसरमा महासचिव गुटेरसले गत बर्ष आफूले गरेको नेपाल भ्रमणको स्मरण गर्नुभएको थियो ।