काठमाडौं, १३ असोज । शुक्रबारदेखि निरन्तर परेको पानीले ल्याएको बाढी र पहिरोको वितण्डाले देशका चार प्रदेशका सडक क्षतिग्रस्त भएका छन् । सडक र पुलहरुमा भएको क्षतिले मुख्य राजमार्गहरु अवरुद्ध भएका छन् । सडक विभागले संकलन गरेको विवरणमा सुदूरपश्चिम र कर्णाली प्रदेश बाहेक कोशी, बागमती, गण्डकी र लुम्बिनीका सडकहरुमा बढी क्षति पुगेको देखिएको छ ।