ओन्टारियो(क्यानडा),१५ असोज । क्यानडा त्रिकोणात्मक टी २० श्रृखला अन्तरगत आज नेपालले आयोजक घरेलु टोली क्यानडासंग खेल्दै छ । श्रृखला अन्तरगत क्यानडासंग यो नेपालको दोस्रो खेल हो ।
ओन्टारियोको किंग सिटीमा मंगलवार राति ९ः४५ बजे हुने खेलमा नेपालको लक्ष्य क्यानडालाई पराजित गर्ने हुने छ ।
आइतवार भएको सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग १४ रनले पराजित भएको थियो । पहिलो खेलमा १ सय २४ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा १ सय ९ रन बनाउँदै अल आउट भएको थियो ।
दोस्रो खेलमा भने नेपालले ओमानमाथि जित हासिल गरेको थियो । १ सय ७७ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको ओमान १९.१ ओभरमा १ सय ३९ रन बनाउँदै अल आउट भएको थियो ।
सिरिजको अर्को खेलमा ओमानले क्यानडालाई ८ विकेटले पराजित गरेको थियो । हिजो सम्पन्न खेलमा १ सय ७ रनको लक्ष्य पाएको ओमानले २ विकेटको क्षतिमा १५ ओभरमा ३० बल बाँकी रहँदै सो लक्ष्य हासिल गरेको थियो ।
यो टी २० श्रृखलाका हालसम्म सम्पन्न ६ खेलमा तीन वटै टिमले एक एक जीत र एक एक हार ब्यहोरेका छन् ।
नेपालले आफ्नो चौथो खेल बुधवार पुनः ओमान संग खेल्दै छ ।