ओन्टारियो(क्यानडा), १६ असोज । क्यानडामा जारी नेपाल,ओमान र क्यानडाबीचको त्रिकोणीय टी २० क्रिकेट प्रतियोगिता अन्तरगत आज भैरहेको खेलमा नेपालले ओमानसमक्ष १ सय ५८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
क्यानडाको ओन्टारियोस्थित किंगसिटी खेल मैदानमा टस हारेर ब्याटिड.को निम्तो पाएको नेपालले २० ओभरको निर्धारित खेलमा ७ विकेटको क्षतिमा १ सय ५७ रन जोडेको थियो ।
नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ५६ रन जोडे । उनले ४४ बलमा २ चौका र ४ छक्काका मद्दतले त्यति रन जोड्न सकेका हुन् । खेलमा कुशल मल्लले १९, देव खनालले १८, आशिफ शेखले १६, अनिल शाह र कुशल भूर्तेलले समान ११ । ११, गुल्शन झाले २ र दीपेन्द्रसिंह ऐरीले १ रनको योगदान दिए ।
नेपाललाई रोक्ने क्रममा ओमानका फायद भाटले ३ तथा याकिब इलियास, सकिल अहमद र कलिमुल्लाहले एक एक विकेट लिएका थिए ।