काठमाडौँ, २१ असोज : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १ सय ३४ रुपैयाँ छ पैसा र बिक्रीदर १ सय ३४ रुपैयाँ ६६ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिददर १ सय ४७ रुपैयाँ १६ पैसा र बिक्रीदर १ सय ४७ रुपैयाँ ८२ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १ सय ७५ रुपैयाँ ८८ पैसा र बिक्रीदर १ सय ७६ रुपैयाँ ६७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १ सय ५६ रुपैयाँ २१ पैसा र बिक्रीदर १ सय ५६ रुपैयाँ ९१ पैसा कायम गरिएको छ ।
हिजो आइतबार एक अमेरिकी डलर खरिददर १ सय ३४ रुपैयाँ छ पैसा र बिक्रीदर १ सय ३४ रुपैयाँ ६६ पैसा थियो ।त्यस्तै युरोपियन युरो एकको खरिददर १ सय ४७ रुपैयाँ ८९ पैसा र बिक्रीदर १ सय ४८ रुपैयाँ ५६ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १ सय ७६रुपैयाँ ५५ पैसा र बिक्रीदर १ सय ७७ रुपैयाँ ३४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १ सय ५७ रुपैयाँ ४७ पैसा र बिक्रीदर १ सय ५८ रुपैयाँ १७ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ११ पैसा र बिक्रीदर ९१ रुपैयाँ ५२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९९ रुपैयाँ २० पैसा, सिङ्गापुर डलर एकको खरिद दर एक सय दुई रुपैयाँ ७५ पैसा र बिक्रीदर एक सय तीन रुपैयाँ २१ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ एक पैसा र बिक्रीदर नौ रुपैयाँ पाँच पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १० पैसा र बिक्रीदर १९ रुपैयाँ १९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८७ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९४ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ तीन पैसा र बिक्रीदर चार रुपैयाँ पाँच पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५० पैसा र बिक्रीदर ३६ रुपैयाँ ६६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९१ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ९५ पैसा र बिक्रीदर १० रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ९३ पैसा र बिक्रीदर १२ रुपैयाँ ९९ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ७४ पैसा र बिक्रीदर १९ रुपैयाँ ८३ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ २६ पैसा र बिक्रीदर १७ रुपैयाँ ३४ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ ५३ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ५० पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ६० पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ १९ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।
वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।