Prakash Adhikari October 7, 2024

 

कोलम्बो(श्रीलंका), २१ असोज । श्रीलंकामा भईरहेको काभा यु २० पुरुष भलिवल खेलमा नेपालले आज उज्वेकिस्तानसंग खेल्दै छ ।

हिजो सम्पन्न पहिलो खेलमा नेपाली युवा टिमले घरेलु टोली‌ श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गरेको थियो।

पहिलो सेटमा २५-१४ को सहज जित निकालेको नेपालले पछिल्ला दुवै सेटमा कडा चुनौतीको सामना गर्नुपरेको थियो।

यद्यपी नेपालले दोस्रो सेट २५-२३ र तेस्रो सेट नेपालले २८-२६ ले आफ्नो पक्षमा‌ पार्दै च्याम्पियनसिपमा दमदार सुरुवात गरेको छ ।

असोज २६ गतेसम्म कोलम्बोमा हुने प्रतियोगिताको दोस्रो खेलमा असोज २१ गते नेपालले उज्वेकिस्तानको समान गर्नेछ ।

असोज २२ मा तेस्रो खेलमा माल्दिभ्सको सामना गर्ने नेपालले चौथो खेलमा असोज २४ मा किर्गिस्तानसँग खेल्नेछ । नेपालले पाँचौ खेलमा असोज २५ मा तुर्किमेनिस्तानसँग खेल्नेछ ।

प्रतियोगिताको शीर्ष दुईमा रहने टोलीबीच असोज २६ मा फाइनल खेल हुनेछ ।

नेपाली टोलीमा पहल गहतराज, सुरेश मल्ल, शैलेन्द्र यादव, सुर्य विक, अर्जुन नेपाली, विश्वास अधिकारी, सागर रसौली, अशोक राना, जित बहादुर सार्की, सुजन सुनार, लेसमन राहादी र दिपेश कुवँर रहेका छन् ।

Share Now