Prakash Adhikari October 8, 2024

काठमाडौँ, २२ असोज । संयुक्त लगानीको प्रतिष्ठित बाणिज्य बैंकको रुपमा रहेको एभरेष्ट बैंकले हालैको बाढी पहिरो प्रभावित नेपालीहरुलाई राहतको लागि नेपाल सरकारलाई आर्थिक सहयोग प्रदान गरेको छ ।

बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत सो सहयोग उपलब्ध गराएको हो । सोमबार बैंकका कार्यकारी अधिकृत सुदेश खालिड. तथा वरिष्ठ व्यवस्थापकीय समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरी ५० लाख रुपैयाको चेक हस्तान्तरण गरेको थियो ।

देशमा आपत् विपद् आइपर्दा नेपालमा स्थापित वित्तीय संस्थाहरुबाट उल्लेखनीय आर्थिक सहयोग प्राप्त भएको भन्दै प्रधानमन्त्री ओलीलेले सो सहयोगका लागि एभरेष्ट बैंक परिवारलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

Share Now