Prakash Adhikari October 13, 2024

कोलम्बो(श्रीलंका), २६ असोज । नेपाली युवा भलिबल टोली काभा यु २० च्याम्पियनसिपमा दोस्रो भएको छ। श्रीलंकाको कोलम्बोमा शनिवार भएको फाइनलमा उपाधि जित्ने नेपालको कोशिसलाई उज्वेकिस्तानले परास्त गरिदियो । खेलमा उज्वेकिस्तानसँग नेपाल ३ १ ले पराजित भयो ।

पहिलो सेट जितेको नेपाली टोलीले त्यसपछिका सेटमा कमजोर प्रदर्शन गरेको थियो। उज्वेकिस्तानले नेपाललाई २५-२७,२५-१०,२५-२० ले हराउँदै च्याम्पियन बनेको हो।

लिग चरणमा नेपालले लिगमा श्रीलंका, माल्दिभ्स र तुर्किमेनिस्तानलाई हराएको थियो भने उज्वेकिस्तान र किर्गिजस्तानसँग पराजित भएको थियो। यु २० को पहिलो सहभागितामा नै नेपालले दोस्रो स्थान प्राप्त गरेको छ। लिग चरणमा उज्वेकिस्तान शीर्ष र नेपाल दोस्रो स्थानमा रहँदै फाइनल पुगेका थिए।

केहि महिनाअघि काठमाडौंमा‌ भएको यु १९ भलिबल च्याम्पियनसिपमा गरेको प्रदर्शनबाट यु २० का लागि छनोट गरिएको थियो ।

सोही प्रतियोगिताको महिला प्रतियोगितामा भाग लिएर छनोट भएका टोलीले साउनमा माल्दिभ्समा भएको काभा यु २० च्याम्पियनसिपमा कास्य पदक जितेको थियो ।

नेपाली यु २० भलिबल टोलीमा पहल गहतराज, सुरेश मल्ल, शैलेन्द्र यादव, सुर्य विक, अर्जुन नेपाली, विश्वास अधिकारी, सागर रसाइली, अशोक राना, जितबहादुर सार्की, सुजन सुनार, लेसमन राहादी र दिपेश कुवँर रहेका छन् ।

Share Now