काठमाडौं, ३० असोज । शेयर बजारले फेरि लय लिन लागेको छ । मंगलबार दशैँपछिको पहिलो कारोबार दिन ३१ अंकले बढेको बजार बुधबार पनि ४३ अंक भन्दाबढीले बढेको छ।
बुधबार नेप्से सूचक ४३.२२ अंकले बढेर २७४२.८८ विन्दुमा पुगेको छ। बुधबार ३ सय २० स्क्रिप्टको १ करोड ३२ लाख २४ हजार ३ सय २२ कित्ता शेयरको कारोबारबाट ५ अर्ब ६६ करोड २ लाख २७ हजार ७ सय ३७ रुपैयाँ बराबरको कारोबार भएको छ।
गत साउनमा नेप्से सूचक २७०० माथि हुँदा १५ अर्बभन्दा बढीको कारोबार भइरहेकोमा अहिले कारोबार रकम निकै खुम्चिएको देखिन्छ।
बुधबार कारोबारमा आएका १३ वटै उपसमूहको सूचक सकारात्मक देखिन्छ जसमा व्यापार उपसमूहको सूचक सबैभन्दा धेरै ३.४४ प्रतिशतले बढेको छ भने हाइड्रोपावर २.१३ प्रतिशतले बढेको छ।
बुधबार विजय लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ९.३३ प्रतिशतले बढेको छ भने इष्ट्रन पावरको ९.२४ प्रतिशत र समता घरेलु लघुवित्तको ८.६२ प्रतिशतले बढेको छ। त्यस्तै यस दिन आत्मनिर्भर लघुवित्तको ८.५९ प्रतिशतले , सगरमाथा जलविद्युत कम्पनीको ७.४५ प्रतिशतले, हिमालयन हाइड्रो पावरले ६.७७ प्रतिशतले, इड.वा हाइड्रो पावर ६.७२,पञ्चकन्या माई हाइड्रो पावर ६.४२ प्रतिशतले, सामुदायिक लघुवित्तको मूल्य ६.२४ प्रतिशतले र एनआईएमबी डिबेञ्चर ९० को मूल्य ६.१० प्रतिशतले बढेको छ ।
यस दिन स्यांगे हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ भने मिड सोलु हाइड्रोपावरको ५.५४ प्रतिशत र मिथिला लघुवित्तको ४.५५ प्रतिशतले घटेको छ। त्यस्तै सनराईज फष्र्ट म्युचुअल फण्डको २.९७ प्रतिशतले, सानिमा इक्विटी फण्डको २.८३ प्रतिशतले, माण्डु हाइड्रोको २.२६ प्रतिशतले , एनएमबी ५० को १.८२ प्रतिशतले ,सिटिजन म्युचुअल फण्ड २ को १.७५ प्रतिशतले, इमर्जिड. नेपालको शेयर मूल्य १.६ प्रतिशतले घटेको छ ।
यस दिन नेपाल फाइनान्सको सबैभन्दा धेरै १५ करोड ९ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने हिमालयन रि इन्स्योरेन्सको १५ करोड ४ लाख र एनआइसी एशिया बैंकको १४ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ। अन्य बढी कारोबार हुने कम्पनीहरुमा गुडविल फाइनान्स, एचआईडीसीएल, साहस उर्जा,कुमारी बैंक,अपी पावर, शिभम् सिमेण्ट्स र प्रभु बैंक रहेका छन् ।