Prakash Adhikari October 27, 2024

 

काठमाडौं, ११ कार्तिक । महिला साफ च्याम्पियनसिप अन्तरगतको दोस्रो सेमिफाइनल खेलमा आयोजक राष्ट्र नेपाल र छिमेकी भारतबीच प्रतिस्पर्धा हुँदैछ ।
खेल अहिले ६ः३० बजे दशरथ रंगशालामा हुँदैछ ।

आजको खेलमा नेपालले श्रीलंकाविरुद्ध समूह चरणको अन्तिम खेलमा रहेकी सरु लिम्बुको सट्टा आज पूजा रानालाई अगाडि सारेको छ ।

खेलमा यस पहिले खेल्दै आएका कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बासहित १० जनाले निरन्तरता पाएका छन् । पुजा, एन्जिलासहित पहिलो रोजाईमा विमला विक, अमृता जैसी, रेनुका नगरकोटे, सावित्रा भण्डारी साम्बा, गिता राना, रेखा पौडेल‌, प्रिती राई, सविता राना मगर र अमिषा कार्की छन् ।

नेपाल‌ र भारतबीचको विजेताले बुधवार बंगालादेशसँग फाइनल खेल्नेछ।

आजै भएको पहिलो सेमिफाइनलमा भुटानलाई ७-१ ले हराउँदै साविक विजेता बंगालादेश फाइनलमा पुगेको छ।

नेपाल र भारतको टकराव

अघिल्लो साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले भारतलाई पराजित गरेको थियो । त्यसअघि नेपालले भारतसँगका सबै ४ पटकको फाइनल गुमाएको छ।

२०१६ मा बाहेक नेपालले पनि सबै फाइनल खेलेको अनुभव छ।

भुटानसँग रोकिएको नेपालले त्यसपछि माल्दिभ्सलाई ११(० र श्रीलंकालाई चाहेकै ६(० ले हराएको थियो। भारतसँगको खेल नेपालका लागि वास्तविक परीक्षा हुनेछ।

नेपालले सावित्रा भण्डारी ‘साम्बा’, रेखा पौडेल‌ रश्मिकुमारी घिसिङ, सविता राना मगर, प्रिती राईबाट उच्च प्रदर्शनको अपरक्षा राख्नेछ ।

Share Now